काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहअन्तर्गत काठमाडौंको तारकेश्वर नगरपालिकामा भएको नगर अधिवेशनले नवराज अर्यालको नेतृत्वमा ३८ सदस्यीय नगर कार्यसमिति चयन गरेको छ।
अधिवेशनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले गगन थापा समूहले गरेको विशेष महाधिवेशनका कारण नेपाली कांग्रेसले निर्वाचनमा नराम्रो पराजय भोग्नुपरेको टिप्पणी गरेका छन्। उनले राजनीतिक परिस्थितिबाट विचलित नभई पार्टी संगठनलाई बलियो बनाउन सक्रियतापूर्वक लाग्न कार्यकर्तालाई आग्रह गरे।
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. रामशरण थपलिया, क्षेत्र नं. ६ का संयोजक एसके बस्नेत, क्षेत्र नं. ७ का संयोजक मनोहरी तिवारी, कृष्णमान श्रेष्ठ, बागमती प्रदेश सदस्य धर्मराज अर्याल र ट्रेड युनियन नेता राजु रानाभाटलगायतको उपस्थिति थियो।
त्यसैगरी महाधिवेशन प्रतिनिधि द्वारिका महर्जन, नेपाल महिला संघ तारकेश्वरकी सभापति भुवनेश्वरी खतिवडा अर्याल, नेपाल किसान संघका केन्द्रीय सदस्य मनोज थापा तथा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोज थापालगायत नेता तथा कार्यकर्ता सहभागी भएका थिए। कार्यक्रममा मनोज रानामगरले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्