काठमाडौं, २४ असोज । नेकपा (एमाले) ले केन्द्रीय कमिटीमा १३ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको छ ।
पार्टीको स्थायी कमिटीको पहिलो बैठकले विभिन्न क्षेत्रका १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिएका छन् ।
थापाका अनुसार मनोनीत हुनेमा तेजेन्द्र केसी, मिनप्रसाद गुरुङ, सिर्जना राई, पुष्पा केसी भण्डारी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथप्रसाद साह, तेजमान कन्दङवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका मगर र डबल पाण्डे रहेका छन् ।
स्थायी कमिटीको निर्णयसँगै उनीहरू एमालेको केन्द्रीय कमिटी सदस्य बनेका छन् । उनीहरूका लागि छुट्टै शपथ ग्रहण कार्यक्रम आयोजना गरिने बताइएको छ ।
१३ जना सदस्य मनोनीत भएसँगै पार्टीको स्थायी कमिटी र पोलिटब्युरोको आकारसमेत बढ्ने भएको छ । बैठकले पार्टीका नेताहरूको कार्यविभाजनसमेत गर्ने बताइएको छ ।
पार्टी मुख्यालय च्यासलमा तीन दिनदेखि एमाले स्थायी कमिटीको बैठक जारी छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्