बुढीगण्डकीमा भीषण बाढी: गोरखाको सल्लेरी बजार बग्यो, जगत बजारमा व्यापक क्षति

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २५, आईतवार ०७:०९

काठमाडौं । गोरखाको उत्तरी क्षेत्र भई बहने बुढीगण्डकी नदीमा अचानक आएको भीषण बाढीले तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण चुमनुब्री गाउँपालिकामा पर्ने सल्लेरी बजार पूर्ण रूपमा बगेको छ भने जगत बजारमा पनि व्यापक क्षति पुगेको छ।

स्थानीयवासी विशाल घलेका अनुसार बाढीले सल्लेरी बजारका बस्तीहरू बगाउनुका साथै जगत बजार क्षेत्रका थुप्रै भौतिक संरचनामा ठूलो नोक्सानी पुर्‍याएको छ।

चुमनुब्री गाउँपालिकाको छेकम्पार क्षेत्रमा सुक्खा पहिरो खसेर नदी केही समय थुनिएपछि एक्कासि फुटेर बाढी आएको अनुमान गरिएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार एकाबिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव अप्रत्याशित रूपमा बढेको बताए।

 बाढीको बहाव तीव्र गतिमा तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई तत्कालै सुरक्षित तथा उच्च स्थानमा जान स्थानीय प्रशासनले आग्रह गरेका छन्। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *