काठमाडौं । नेपाल टेलिकमले नेपालीहरूको चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर’ सार्वजनिक गरेको छ। कम्पनीले सस्तो मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यसहित विभिन्न प्याकेज ल्याएको हो।
नेपाल टेलिकमका अनुसार फेस्टिभ अफरअन्तर्गत ४ हजार ९९९ रुपैयाँमा एक वर्षका लागि ३० एमबीपीएस एफटीटीएच इन्टरनेट उपलब्ध हुनेछ। उक्त प्याकेजमा निःशुल्क जडान शुल्क र १०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
‘बजेटमै फिट… स्पिडमा हिट!’ नारासहित सार्वजनिक गरिएको अफरमा ग्राहकलाई चाडपर्वको अवसरमा इन्टरनेट सेवा लिन प्रोत्साहित गरिएको छ। सेवा लिन वा थप जानकारीका लागि १९८ मा फोन गर्न सकिने टेलिकमले जनाएको छ।
यसैगरी नेपाल टेलिकमले मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै विभिन्न भ्वाइस, डेटा, अनलिमिटेड तथा कम्बो प्याकेज समेत सार्वजनिक गरेको छ। कम्पनीको ‘अटम अफर २०८३’ अन्तर्गत १ जीबीदेखि १०० जीबीसम्मका विभिन्न डेटा प्याकेज, अलनेट भ्वाइस प्याकेज तथा कम्बो प्याकेज उपलब्ध छन्।
प्रधानमन्त्री बालेनले पनि गरे अफरको प्रचार
नेपाल टेलिकमको चाडबाड अफरलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले समेत आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गर्दै प्रचार गरेका छन्। टेलिकमको अफरसम्बन्धी सामग्री आफ्नो सामाजिक सञ्जालमार्फत शेयर गर्दै उनले सर्वसाधारणसम्म अफरको जानकारी पुर्याएका हुन्।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्