काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा सोमबार काठमाडौँ उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठ नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीमा पुगेर पूजाअर्चना गर्नुभएको हो । सो क्रममा उहाँले विभिन्न शक्तिपीठबाट टीकाप्रसादसमेत ग्रहण गर्नुभएको थियो ।
बडादसैँलाई शक्तिस्वरूपा दुर्गा भवानीको विशेष आराधना गर्ने प्रमुख पर्वका रूपमा लिइन्छ । दसैँका अवसरमा देवीको पूजा, पाठ तथा दर्शनका लागि काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठ तथा देवीका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ ।
दसैँको धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार भक्तजनले विभिन्न शक्तिपीठमा पुगेर देवीको दर्शन तथा पूजाअर्चना गरी सुख, शान्ति, समृद्धि र परिवारको कल्याणको कामना गर्ने गरेका छन् ।


नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्