बट्टारमा ईभी र स्कुटर ठोक्किँदा घाइते दाहालको मृत्यु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक ३, सोमबार १९:१०

विदुर । नुवाकोटको बट्टारस्थित भित्री सडकखण्डमा ईभी गाडी र स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा निधन भएको छ।

युनाइटेड आधारभूत विद्यालय नजिक भएको दुर्घटनामा विदुर नगरपालिका–४ बट्टार निवासी ४४ वर्षीय नमराज दाहालको निधन भएको हो।

प्राप्त विवरणअनुसार हावाघरबाट संगमचोकतर्फ जाँदै गरेको बा.प्र. ०१–००६ ख ९११२ नम्बरको ईभी गाडी र संगमचोकबाट हावाघरतर्फ आउँदै गरेको बा.३८ प. ३२४३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा स्कुटर चालक दाहालको टाउकोमा गम्भीर चोट लागेको थियो। उनलाई तत्काल उपचारका लागि चक्रदेव अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको बताइएको छ।

ईभी गाडी विदुर नगरपालिका–१ निवासी २३ वर्षीय देव तामाङले चलाएको बताइएको छ। दुर्घटनाबारे थप विवरण तथा घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *