|
२०८३ कार्तिक ३, सोमबार १८:३९
काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सोमबार (कात्तिक २) दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए । उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् ।
उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्