पुनर्बहालीको माग गर्दै सर्वोच्च पुगे दानबहादुर कार्की

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १९, बिहीबार १४:२८

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध कार्की रिट लिएर सर्वोच्च पुगेका हुन् । 

कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले आईजीपी नियुक्तिविरुद्ध रिट पुगेको बताए । मन्त्रिपरिषद्को निर्णय अनुसार डा मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । उनको रिट दर्ता प्रक्रियामा रहेको छ । 

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *