
अमेरिका ।अमेरिकाको डिसी महानगर क्षेत्रमा नुवाकोटबाट आएका नेपाली समुदायको बनभोज कार्यक्रम सम्पन्न भएको छ ।


नुवाकोटबाट अमेरिका आई डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायको यो पहिलो बनभोज कार्यक्रम भएको नुवाकोट बेलकोटगढीस्थित वडा नं ५ का उत्सव रिमालले बताउनुभयो । गत ७ जुलाई आइतबारका दिन सहकार्य, सहयोग र सदभाव अभिवृद्धि गर्ने उदेश्यका साथ परिचयात्मक बनभोज कार्डरक रिक्रिएसन सेन्टर पार्क,उद्यान, मा पहिलो पटक बनभोजको आयोजना सफलतापूर्वक सम्पन्न गरिएको छ ।

बनभोज कार्यक्रममा दुई सय भन्दा बढी नुवाकोटबाट अमेरिका पुगेको नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना अनौपचारिक र स्वयंसेवकहरूले गरेका थिए । सो अवसरमा स्वयंसेवकहरूले विभिन्न खेलकुद, रमाइलो खेलहरू, र सामूहिक नृत्य प्रदर्शनहरूको आयोजना गरी सबैलाई मनोरञ्जन प्रदान गरिएको रिमालले जानकारी दिनुभयो ।

बनभोजका प्रमुख आकर्षणहरूमा बिंगो राफल,चिट्ठा, र लोकप्रिय खेल “घ्याम्पो फुटाउने” आदि रहेका थिए। यस्ता खेलहरूले सहभागीहरूलाई धेरै मनोरञ्जन प्रदान गरेको कार्यक्रममा सहभागि अर्जुन रिमालले जानकारी दिनुभयो ।
यो सफल आयोजनपछि डिसी महानगर ,डिएमभी,क्षेत्रको नुवाकोट समुदायले यस्ता कार्यक्रम प्रत्येक वर्षको अगस्तको पहिलो हप्तामा वार्षिक कार्यक्रमको रूपमा निरन्तरता दिने निर्णय समेत गरेको छ । नुवाकोटबाट उक्त क्षेत्रमा झण्डै एक हजार भन्दा बढि नेपालीहरु बसोबास गर्दै आएका छन् । उनीहरुबीच बेला बेलामा हुने यस्ता कार्यक्रममले परदेशमा पनि एक अर्काप्रति आत्मियता बढाउने सहभागिहरुले विश्वास लिएका छन् ।