
सफलता बोगटी

न तपाइँले सोचे जस्तो गरी समयले साथ दिन्छ । न तपाइँले भने जस्तो गरी साथि भाइहरुले साथ दिन्छन । न तपाइले भनेका कुराहरु अरुले सजिलै विश्वास गर्छन । न तपाइँको सोचाइ नै हिजोको जस्तो आज छ । भनौ न, आजको मौसम अरु दिनको जस्तो छैन । तपाइँ आफ्नो आत्मा सम्मानका लागि हरतरहले ज्यान दिने सोचाइ गर्नुहुन्छ । जीवनमा तपाइँले आफ्नो आत्मा सम्मानका लागि कति साहस गर्नु भयो । तपाइँ आफुले आफैलाई सम्मान गर्न सक्नुपर्छ र सिक्नुपर्छ ।

समाजमा आत्मासम्मान नभएकालाई अरुले सधैं धोका दिन्छन् । तपाइँको आत्मासम्मानको मात्र अरुले स्वागत गर्छन । अरुले तपाइँको भाउ दिएनन् भने तपाइँमा आत्मासम्मान छैन भन्ने बुझे हुन्छ । नर्सरी कक्षाका नानीहरु आफुलाई सर्बश्रेष्ठ मान्छन । ति बालकहरुले तपाइँलाई उच्च दर्जाको सम्मान दिन्छन । तर हामीले बालकलाई सन्त महन्त मानेर उसका कुराहरु राम्ररी सुन्नुपर्छ । जीवनमा तपाइँलाई सुन्नेहरुसँग मात्र सम्बन्ध बढाउनोस । सामाजिक अन्तरसम्बन्ध भनेको आफैले आफुलाइ सम्मान गरे पछि मात्र अरुले तपाइँलाई सम्मान गर्छन भन्ने हो । तपाइँ हामीले खोजेर पनि जीवनमा नभेटाएका कुराहरु के के छन् के के छन् । हामी अरुलाई खुशि बनाउनका लागि चाहि आफ्नो स्वाभाव भन्दा ठिक उल्टा बनेर बसेका छौ । हामी सधै अरुलाइ खुशि पार्नु मात्र जीवन हो भन्ठान्छौ । यसरी नै हामीले जीवन बिताइ रहेका छाँै ।
श्रीमतीहरुले श्रीमानलाइ खुशी पार्ने, कर्मचारीहरु हाकीमलाइ खुशि पार्ने, खलासी डाइभरलाइ खुशी पार्ने आदी गरेरै जिन्दगी वितिरहेको छ । तर यसले त हामीलाई दुःखित मात्र बनाउदछ । हामी सधैं आफुलाई अरुका लागि राम्रो देखिने काम गर्छौ । यसरी हामी आफैँ सँग भिड्न नसकेर हार खाएका छौ भने अरुसँग भिड्न कसरी सकिन्छ र रु हामी सधै दुःख पाउने कारणहरु मात्र खोज्छौ र यसमा रमाउछौ, त्यसैले दुःख पाएका छौ । म फलानो जस्तो हुन सकिन भनेर हामी दुःखी भएका छौ । हामीले गरेका हाम्रा सबै गल्ति असफलता कमजोरी आदी स्वीकार गर्न सक्नु पर्छ । कथा शुरु भयो ः मोवाइलको चलन नभएको बेला एउटा पसलमा एउटा १२ ÷ १४ बर्षको केटा जान्छ र साहुसँग अनुमति लिएर ल्याण्डलाइन फोनबाट कुरा शुरु गर्छ । केटो फोन डायल गर्छ । अर्को तर्फबाट महिला बोलेको सुनिन्छ । केटो भन्छ नमस्कार मेडम । हजुरको घरमा ७ दिन अगाडी एउटा काम गर्ने केटा खोज्नु भएको रहेछ । त्यो काम गर्ने केटा मलाइ राख्नोस न । मेडम भन्छे त्यो केटा राखि सकें । केटा भन्छ, मेडम उ भन्दा त म राम्रो काम गर्छु नी, म थोरै पैसामा धेरै काम पनि गर्छु । उ भन्दा म आँगान र बारीहरु पनि सफा गर्छु । मेडम भन्छिन होइन राखेको केटा नै ठिक छ । केटा भन्छ हेर्नोस मेडम म भोकै र नाङ्गै छु जसरी पनि मलाई सानो काम गर्ने मौका त दिनोस । म बरु त्यो केटा भन्दा आधा तलवमा काम गर्छु । मेडम भन्छे हुदैन किनभने अहिलेको काम गर्ने केटाको विकल्प म खोज्न चाहान्न । तिमी अन्तै काम खोज । फोन गर्ने केटाका यस्ता विलौनाका जवाफ सुने पछि फोन पसले भन्छ, हेर भाइ तिमीलाइ काम चाहिएको रहेछ । तिमी मेरोमा नै काम गर न त ? म तिमीलाइ राम्रो काम दिन्छु । पसलेको यो कुरा सुनेपछि सानो भाइ भन्छ, मलाइ हजुरको पसलमा कुनै काम चाहिएको छैन , र म अन्त कतै कुनै काम पनि गर्दिन । म त ति मेडमकोमा नै गत हप्ता देखि काम शुरु गरेको त्यहि केटा हो । मेरा बाबाले मलाइ मेडमकोमा पुराइ दिनु भए पछि आज सम्म मैलै मेडमकोमा बोल्दै नबोलि काम गरी रहेको थिए । आज चाहि मैले तपाइँको फोनबाट मेरो काम कस्तो रहेछ भनेर आफै जाँच गरेको हो । जे होस् मेरो काम राम्रो नै रहेछ । आधा तलवमा अरु काम गर्न आए पनि मेडमले मलाइ नै रुचाउनु भएको रहेछ । फुच्चेको यो हिम्मत देखेर पसले छक्क पर्छ । सानो भाइ भन्छ म उसैकोमा काम गर्छु । अथवा आफैँलाइ सम्मान दिन थाल्नोस । तपाइ नै उत्कृष्ठ बन्नु हुनेछ ।
जीवनमा धैर्य गर्नेहरुले ढिलै भए पनि सफलता हात पारेका हुन्छन । धैर्य गर्ने बानीले चिताएका राम्रा कुराहरु पाइन्छ । तपाइँले जीवनमा गुमाएका कुराहरु धैर्यले मात्र फेरि पाउन सकिन्छ । जीवनमा धैर्य बनाइ राख्नेहरुकोे मानसिक स्वास्थ्य राम्रो भएको पाइएको छ । धैर्य गर्नेका राम्रा साथीहरु र छिमेकी पनि राम्रा पाइएको छ । धैर्यले टाढाको गन्तव्य पनि भेटाउन मद्दत गर्छ । तर धैर्यले अवश्य पनि सुन्दर प्रतिफल निकाल्छ भन्ने कुरामा आफै पक्का विश्वासमा हुनुपर्छ । तर हामी कतै विचमा भाचियौ भने धैर्यले काम गर्दैन । जस्तो कुनै कामका लागि लाइनमा बस्दा अरुको काम बन्छ तर तपाइँको काम नबन्न सक्छ । तपाइको लाइन बसेको पालामा बैंकको पैसा नै सकिन्छ । युरीया मल लिन भोलि मात्र आउनु भन्छ । धैर्य गर्दा तपाइको अहंकार भेटिनु सुक्नु र धुलिसाफ बन्नु पर्छ । धैर्यले खुशी बनाउदछ र टाढा भएका कुराहरु नजिक ल्याउदछ । धैर्य विपरितका कुराहरु छाड्न सक्नु पर्छ । धैर्य बाहेक अरु सबै कुराहरु छाड्नु पर्छ । जीवनमा एउटै घटनाले सबै कुराहरु मिल्दैन पनि । आफु हुनको तृष्णा छाडे पछि मात्र धैर्य सप्रन्छ ।
प्रशन्ताको शुत्र हामी भित्रै छ । अरु त यसका कारण मात्र हुन । केराको स्वाद मिठो होइन हामो जिब्रो नै मिठो छ । केराको स्वाद मिठो हुने भए त सबैले केरा मन पराउदथे तर कतिपय मान्छेहरु केरा मन पराउदैनन् । हामीमा निलो मन रहेको छ । तर हामी त्यसलाइ खोज्दैनौ । यो निलो मन भन्ने समुन्द्र विज्ञानको शब्द हो । अथवा समुन्द्रको पानी जस्तै निलो मन हो । हाम्रो लगाव निलो पानीसँग छ । हामीलाई पानीको निलो दहको छेउमा बस्दा कति मज्जा आउछ । हिडेर रुपाताल बेगनासताल वरीपरी घुमेर हाइकिङ्ग गरेका दिन तपाइँको मनमा निलो आनन्द आउछ । हाम्रा आचार विचार सोच भोगाइ सबै पानीको स्वाभावसंग मिल्छ । निलो दह देखेर हामी भित्र किन रमाइलो लाग्छ त रु हामो शरिरको रसायनसँग पानीका सबै कुराहरु जोडिएका छन । सबै जीवहरुको पानीसंग गहिरो मनोबैज्ञानीक सम्बन्ध हुन्छ । हामीले पानी पिउनु पनि पानीलाइ साथी बनाउनु नै हो, सगै बसौ भने कै हो । पृथ्वी र मानव शरिरमा ७० प्रतिशत पानीको भाग छ । उम्लेको पानीमा छाँया देखिन्दैन । पानी जति शान्त हुन्छ त्यति नै बस्तुको सफा दर्पण छाया देखिन्छ । हामी पनि शान्त पानी बनेका दिन हामी आफैले आफनो प्रसन्नता भेट्छौ । निलो मनले अरुले तपाइँ हारेको फन्दामा परेको देख्नेहरुबाट जिन्दगिमा विजय पाउनु हुनेछ । प्रसन्न भएर मुस्कुराएर हिड्नु नै तपाइको जित हो । तपाइको प्रशन्नता नै तपाइँका शत्रुहरुको स्वाभाविक हार हो । तपाइँ र उनिहरु शत्रु र मित्रु बन्नुको पनि कारणहरु हुन्छन । सबैलाइ मित्रु बनाउने शुत्र चाहि भगवानले पनि भेट्दैनन् किनकि भगवानका पनि आफ्नै शत्रुहरु छन् हामी तपाइँका जस्तै । लेखिका ः त्रिभुवन विश्वाविद्यालय किर्तिपुरमा राजनीतिक शास्त्रमा स्नाकोत्तर गर्दै हुनुहुन्छ)