
काठमाडौँ — एमालेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बन्नेहरूको नाम टुंगो लगाएको छ । एमालेले विष्णु पौडेललाई उपप्रधान तथा अर्थ मन्त्रालयको जिम्मा दिएका छन् ।
त्यस्तै उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई सञ्चार तथा सूचना प्रविधिमन्त्रीको जिम्मा दिइने बताइएको छ ।मधेशबाट राजकुमार गुप्ताको नाम पनि मन्त्री बन्नेको सूचीमा रहेको छ । गुप्तालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ ।
त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राईलाई रक्षामन्त्री बन्ने भएका छन् । त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा दामोदर भण्डारीलाई दोहोर्याउने एमालेको तयारी छ । उनीहरू पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।
त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाललाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा दिने ओलीको तयारी छ ।