
गोसाइँकुण्ड पब्लिकेशनबाट प्रकाशित नुवाकोट पुकार साप्ताहिक यो हप्ताबाट १८ औं वर्षमा प्रवेश गरेको छ । सर्वप्रथम यो सुखद खुशीयालीमा हामी हाम्रा आम पाठक, विज्ञापनदाता, शुभेच्छुक, शुभचिन्तकहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छौं । साथै यहाँहरु सबैलाई बधाई दिन चाहान्छौँ ।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै देशलाई अब समृद्ध बनाउनुपर्छ भन्ने महान र पवित्र उदेश्यकासाथ राजनीतिक दलहरुसँग सहकार्य गर्दै जनताका भावनालाई राज्यसम्म पुर्याउने र सरकारलाई वास्तविक रुपमा जनताप्रति उत्तरदायि बनाउने मुख्य उदेश्य बोकेर २०६४ सालमा हामीले जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट पत्रिका प्रकाशनका लागि अनमुति लिएर औपचारिक रुपमा शुभाररम्भ गरेका थियौं ।
मोफसलबाट पत्रिका प्रकाशन गर्ने, गाउँगाउँमा पुर्याउने,राजधानीसहित अन्य शहरसम्म पुर्याउने , नुवाकोटबाट राजधानी बस्नेहरुलाई पनि आम दुरदराजका कुरा सुनाउने, समस्या देखाउने र समाधानका लागि पनि हातेमालो गर्ने हाम्रो अभियान हेर्दा समान्य लागेपनि आर्थिक रुपमा निकै जटिल थियो । यो जटिलताकाबीच पनि आम नुवाकोटबासीको साथ र सहयोगले अनेक प्रकारका आरोह अवरोहलाई छिचोल्दै हामी १८ औं वर्षमा प्रवेश गरेका छौं ।
१७ वर्षको यो लामो अनुभवसँगै हामी धेरै खारिएका छौं, माझिएका छौं र परिपक्क भएका छौं । हामी जनताका आवाजलाई बुलन्द रुपमा राख्न सक्ने भएका छौं । यो हाम्रो मात्रै प्लेटफर्म होइन, सिंगो नुवाकोटबासी र अझ भन्नैपर्दा बागमती प्रदेशस्तका नागरिकका लागि हो । हाम्रो यो प्रयासप्रति आमरुपमा प्राप्त सुझाव र सहयोगप्रति हामी अझ उत्साहित भएका छौं र हामीले विगत केही वर्षबाट अनलाइन संस्करण पनि सञ्चालन गर्दै आएका छौं ।
अर्कोतर्फ मुलुकलाई संघीय संरचनाकाबीच स्थानीय सरकारलाई थप जिम्मेवार बनाउने हाम्रो दायित्व र जिम्मेवारी हो भन्ने महसुश गर्दै हामी स्थानीय सरकारसँग पनि हालेमालो गरेर अघि बढिररहेका छौं । यसको अर्थ हामी हाम्रो क्षमताले भ्याएसम्म उनीहरुलाई जनताप्रति उत्तरदायि बनाउने र जनताले पनि सरकारप्रति विश्स्त रहने अवस्था सिर्जना गर्ने भूमिकामा रहने हो । यि हाम्रा सबै प्रयासप्रति हामीलाई प्राप्त साथ, सहयोग, सुझाव र आलोचनलाई हामी उत्तिकै सम्मानकासाथ ग्रहण गर्न चाहान्छौं । हामीलाई जस्तोसुकै रुपमा प्राप्त हुने सुझाव या आलोचना हाम्रा वास्तविक सम्पत्ति हुन भन्ने हामीले ठानेका छौं ।
, अन्त्यमा हामी जस्तोसुकै परिस्थितिकाबीचमा पनि देश र जनताप्रति जिम्मेवार रहने प्रतिवद्धताकासाथ हाम्रा सबै तहका शुभचिन्तकहरुप्रति पुन ः एक पटक धन्यवाद ज्ञापन गर्दछौं ।
शुकदेव दाहाल
प्रधान सम्पादक तथा प्रबन्ध निर्देशक