

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भरुवा बन्दूकसहित एक जनालाई पक्राउ गरेको छ । नुवाकोट ककनी गाउँपालिका वडा नं ४ ओख्ले बस्ने कृष्ण बहादुर तामाङलाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।
उनले कोठामा लुकाई छिपाई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी ककनीबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले असार २ गते भरुवा बन्दुकसहित पक्राउ गरिएको जनाइएको छ । प्रहरीका अनुसार उनका विषयमा थप अनुसन्धान भैरहेको छ ।