
काठमाडौँ, साउन ४ गते। नेकपा एमालेले पार्टीका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९९ बुँदे सुझाव दिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन हस्तान्तरण गर्नुहुँदै नेकपा (एमाले)का महाचिव शंकर पोखरेल। तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय
केन्द्रीय विभागको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर नेकपा एमालेका महासचिव शंकर पोखरेलले ९९ बुँदे सुझावको प्रतिवेदन बुझाउनुभएको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियो। एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेको उपमहासचिव ज्ञवालीले जानकारी गराउनुभयो।
सरकारलाई प्रभावकारी बनाउने र जनातको मुख्य चासो र चिन्तालाई सम्बोधन गर्ने ढंगले एमालेले सरकालाई सुझाव दिएको हो । सुझावमा पार्टीका विभागहरुले आफ्नो विभाग अनुसार सम्बन्धि मन्त्रालयलाई प्रभावकारी बनाउने योजनाहरु रहेको एमालेले जनाएको छ ।