फाइल तस्बिर
काठमाडौं। साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।
शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।
साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर काठमाण्डौको सुन्दरीजलस्थित बागमतिको पवित्र जल पशुपतिनाथमा ल्याएर चढाउने गरिन्छ ।
साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।
Share
Tweet
Share
Share
Share
प्रतिक्रिया राख्नुहोस्
https://www.facebook.com/v3.2/plugins/comments.php?app_id=735173193543699&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Df6abcf173d242317c%26domain%3Donlineradionepal.gov.np%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fonlineradionepal.gov.np%252Ff4a4a3a0074d452da%26relation%3Dparent.parent&container_width=780&height=100&href=https%3A%2F%2Fonlineradionepal.gov.np%2F2024%2F07%2F22%2F512326.html&locale=en_US&numposts=10&sdk=joey&version=v3.2&width=
सम्बन्धित खबर
संविधानको रक्षाका लागि दलहरूबीच सहकार्यको खाँचो : अध्यक्ष नेपाल
बङ्गलादेशमा रहेका नेपाली विद्यार्थी सुरक्षित छन्: परराष्ट्रमन्त्री डा राणा
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या
नेपाल–चीन सम्बन्ध गुणात्मक रूपमा मजबुत हुँदै
नेपाल टेलिकमको टावर अवरुद्ध हुँदा सञ्चार सेवा पनि अवरुद्ध
प्रतिनिधिसभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर
ट्रेन्डिङ