
सम्पादकीय
प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यवस्थापिका संसदबाट दुई तिहाई सांसदहरुको विश्वास प्राप्त भएको छ । प्रतिनिधिसभाका २७५ सदस्यमध्ये आइतबार प्रधानमन्त्री ओलीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १८८ सांसदले मतदान गरेका छन् । विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा १ मत प¥यो । आइतबार संसदमा उपस्थित रहेका २६३ जना सांसदहरुमध्ये दुई तिहार्ई समर्थन प्राप्त भएको छ ।
प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले मत दिएका छन् । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र एकीकृत समाजवादीले भने विपक्षमा मत दिएका छन् ।
वर्तमान सरकार एउटा नयाँ परिस्थितिकाबीच निर्माण भएको छ । संसदमा ३२ सिट प्राप्त गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुनथ्यो ।
२०७९ सालमा भएको निर्वाचनमा तेस्रो दल बनेको माओवादी अंक गणितीय हिसाबमा सरकार निर्माणका लागि एक निर्णायक शक्ति बनेको थियो । नेपाली कांग्रेस र एमाले दुई ठुला शक्तिहरु जसले बहुमत ल्याउन सकेनन् र सरकार निर्माणका लागि अर्को शक्ति खोज्दा माओवादी नै निर्णायक हुने अवस्था आयो । जसका कारण माओवादीले आफ्नो त्यहि भूसिमकाकाबीच कांग्रेस एमालेलाई हल्लाउँदै सरकारको नेतृत्व गर्न पुगेको थियो । कहिले कांग्रेस त कहिले एमालेको समर्थनमा सरकारको नेतृत्व गर्दै आएको माओवादीको आफ्नो ढंगको राजनीतिक संस्कारका कारण पछिल्ला दिनमा दुवै दलप्रतिको विश्वास गुम्दै गयो र अन्ततः माओवादी प्रतिपक्षी दलमा पुग्यो भने कांग्रेस र एमाले सत्तामा पुगे ।
नेपाली कांग्रेस र एमालेबीच सात बूँदे सहमति भएको छ । सोही सहमति अनुसार दुबै दल सरकारमा पुगेका छन् । अन्य साना दलहरुले पनि सरकारलाई समर्थन दिएका छन् । जसले गर्दा प्रधानमन्त्रीलाई दुई तिहाईको समर्थन प्राप्त भएको छ । यो समर्थन केवल सरकार सञ्चालनका लागि मात्रै दिइएको होइन । वर्तमान सरकार धेरै उदेश्यहरु लिएको जन्मिएको सरकार हो । यसप्रति राजनीतिक दलहरुको जसरी विश्वास प्राप्त भएको छ आम नेपाली जनता पनि धेरै आशावादी छन् । संविधान संशोधनदेखि मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्दै बेरोजगारी समस्याको अन्त्यको सबै जिम्मेवारी यो सरकारमा सरेको छ ।
मुलुकका दुई ठुला दलहरुहरुको नेतृत्वको सरकार असफल भयो भने देशले कुन सरकारकाबाट समृद्धिको कल्पना गर्न सक्दछ । सरकारले प्राप्त गरेको दुई तिहाई मुल आसय र सन्देश यहि हो । प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुको प्रश्नको जवाफमा धेरै कुरामा प्रतिवद्धता जनाउनु भएको छ भने कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आफू वर्तमान सरकार र सात बँुदेप्रति इमान्दार रहने र एमाले पनि इमान्दार होस् भन्ने कामना कामना गर्नुभएको छ अब भन्नुपर्दा कांग्रेस र एमालेका लागि यो स्वर्णिव अवसर हो । अवश्यनै ति सबै कुरा पूरा गर्नका लागि प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुन्छ । यसर्थ प्रधानमन्त्रीले यो गहकिलो जिम्मेवारी पूरा गर्न सक्नै पर्दछ । उहाँलाई प्राप्त दुई तिहाईको सन्देश पनि यहि हो ।