
नुवाकोट । नुवाकोट जिल्लाको सरकारी अस्पताल त्रिशूली अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको छ ।

जिल्लाको एक मात्र सुविधासम्पन्न अस्पतालको रुपमा रहेको त्रिशुली अस्पताले बिरामीको जाँच तथा परीक्षणका साथ औपचारिक रुपमा उक्त सेवा सुरु गरेको त्रिशूली अस्पतालका निर्देशक डा.राजेन्द्र लामाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । लामाका अस्पतालले सहमुलियम मुल्यमा बिरामीहरुलाईसेवा प्रदान गरिने बताउनुभयो ।
जिल्लामा सिटी स्क्यान सेवा सञ्चालन नहुँदा उक्त उपकरणको सहायताले पत्ता लगाउनुपर्ने रोगका बिरामीलाई काठमाडौँ जानुपर्ने बाध्यता अब अन्त्य भएको छ ।शरीरको भित्री अङ्गका रोग तथा चोटपटक थाहा पाउन अतिनै महत्वपूर्ण मानिने सिटी स्क्यान उपकरणले मस्तिष्क, टाउको, घाटी, छाती, पेट, आन्द्रा, नशा लगायत शरीरको भित्र अङ्गका रोगको पहिचानको लागी सहज हुने छ । सघन प्रकृतिका रोगको पहिचान र उपचारले अस्पतालले प्रवाह गर्ने सेवाको विस्तार र गुणस्तरमा समेत वृद्धि गराउन सकिने निर्देशक लामाको भनाई छ ।
सिटी स्क्यान सेवा उपभोगको लागी रोगका प्रकृति र जाँच गर्नुपर्ने अवस्था हेरेर अस्पतालले तीन हजार देखि आठ हजार रुपैयाँसम्म शुल्क निर्धारण गरेको छ । उक्त शुल्कमा बीमा गरेका बिरामीहरूले १० प्रतिशत मात्रै नगद भुक्तानी गरे हुने भएकाले बिरामीले एक हजार रुपैयाँ भन्दाकम शुल्कमा नै सिटी स्क्यानको सबै सुविधा उपभोग गर्न पाइने छ । त्रिशुली अस्पतालले बिरामीहरुका लागि आइसियु, सिसियु, भेन्टिलेटर लगायतका महत्वपूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।
यस्तै कोभिडका बेला एमआरआई मेशिनमार्फतक कोभिड् टेष्ट समेत गरिएको थियो । हाल विशेषज्ञ चिकित्सकहरुमार्फत पनि बिरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालमा नुवाकोट, रसुवा र धादिड.का बिरामीहरु उपचारका लागि आउने गरेका छन् । दैनिक सयौं बिरामीहरुलाई अस्पतालले सेवा प्रदान गर्दै आइरहेको छ ।