
विदुर । नुवाकोट जिल्लाको दोस्रो महत्वपूर्ण सडक गंगटे–लब्धु–समुन्द्राटार–गोल्फु भन्ज्याड्.ग सडकको ठेक्का प्रक्रियालाई अघि बढाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रतिवद्धता जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महले आज शुक्रबार भौतिक पूवार्धार मन्त्री देवेन्द्र दाहाललाई मन्त्रालयमा भेटेर उक्त सडक आयोजनाका विषयमा ध्यानाकर्षण गराएसँगै मन्त्री दाहालले उक्त योजना अघि बढाउने प्रतिद्धता जनाउनु भएको हो ।
मन्त्रालयमा आज भएको छलफमा मन्त्री दाहालले भन्नुभयो, यसअघि पनि मन्त्रिपरिषद्मा पुगेर फर्किएको रहेछ, अहिले मलाई सचिवजीले केही दिन अघि पनि हजुरको नाम लिएर जानकारी गराउनु भएको थियो , अब म यसलाई काम हुने गरि आइतबारको मन्त्रिपरिषद् बैठकमा पेश गर्दछु र यो काम अघि बढाउँछु । उहाँले आफूसँगै रहेका मन्त्रालयका सचिव गोपाल सिग्देललाई पनि उक्त फाइल आइतबार पेश हुने गरि तयार गर्न निर्देशन दिनुभएको थियो । उक्त, सडक आयोजनाको ठेक्का प्रक्रिया अघि नबढेपछि पूर्व मन्त्री डा. महतसहित लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठ,सुर्यगढीका अध्यक्ष सन्तमान घले,तादीका अध्यक्ष सन्तमान तामाड.कांग्रेस जिल्ला सहसचिव उत्तम पाठक, प्रदेश सभापति रामजी पौडेलसहित वडा अध्यक्षहरु समेत गरि झण्डै ५० जनाको टोली मन्त्रालयमा पुगेका थिए ।

मध्यपहाडी लोकमार्गसँग जोडिएको उक्त सडक आयोजना नुवाकोट जिल्लाको तादी, दुप्चेश्वर,सुर्यगढीहुँदै सिन्धुपाल्चोको मेलम्चीसम्म पुग्नेछ । गगटेबाट गोल्भन्ज्याड.सम्म ६७ किलोमिटर रहेको छ । नौ मिटर चौडाइको उक्त सडक खन्ने, पुल बनाउने काम समेत सम्न्न भैसकेको छ । अर्थमन्त्रालयले उक्त सडक स्तरोन्त्तरीसहित कालोपत्रेका लागि ठेक्का प्रक्रिया अघि बढाएको थियो ।
नुवाकोटको सडक निर्माणको अर्को मुख्य मेरुदण्ड रुपमा रहेको उक्त सडक नुवाकोटका आधा जनसंख्याले प्रयोग गर्ने भएकाले यसको महत्व धेरै रहेको भन्दै डा. महतले मन्त्री दाहालको ध्यानाकर्षण समेत गराउनु भएको थियो । मन्त्रीसँगको भेटपछि नेता डा. महतले यो नुवाकोट जिल्लाको लागि एक महत्वपूर्ण सडक भएको र यसले मध्यपहाडी लोकमार्ग हुँदै सिन्धुपाल्चोकका जनताका लागि समेत फाइदा पुग्ने भएकाले आफूहरुले यसमा बढि चासो राखेको बताउनुभयो । उहाले यो नुवाकोट जिल्लाको दोस्रो लाइफलाइन सडक भएको समेत बताउनुभयो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा बजेट वक्तव्यमा बहुवर्षीय योजनाका लागि भन्दै सुरुमा ३० करोड बजेटको व्यवस्था गरिएको थियो । उक्त सडकको प्राविधिक सर्वेक्षणपछि कुल लागत १ अर्ब २० करोडको हुने भएपछि अर्थ मन्त्रालयले सोही बराबरको रकम स्रोत सुनिश्चित गरेको थियो । अर्थमन्त्रालयले २०८० मंसिर १८ गते राष्ट्यि योजना आयोगलाई पत्र लेखे १ अर्ब २० करोडको स्रोत सुनिश्चितता भएको पत्र पठाएको थियो । मन्त्रालयले स्रोत सुनिश्चित गरेसँगै उक्त सडक बहुवर्षीय योजनाका रुपमा ठेक्का प्रक्रिया अघि बढाइएको थियो ।

सडक निर्माणका लागि डिभिजन सडक कार्यालय नुवाकोटल २०८० साल चैत्र १० अनलाइन मार्फत सार्वजनिक सूचना प्रकाशित गरेको थियो । ठेक्का प्रक्रियालाई लागि डिभिजन सडक कार्यालय नुवाकोटले प्राविधिक विषयका सधै काम पूरा गरेर सडक विभागलाई पत्र लेखेको थियो । तर विभागमा पुगेपछि उक्त पत्रको जवाफ नआउँदा आर्थिक रुपमा ठेक्का प्रक्रिया अघि बढाउन बढ्न सकेको थिएन ।
माओवादी र कांग्रेस गठबन्धनको सरकारको नेतृत्व परिवर्तन भएसँगै उक्त आयोजनाका विषयमा थप प्रक्रिया रोकिन पुगेको थियो । विभागले ठेक्का प्रक्रियामा सहभागि भएका ठेकेदार कम्पनीहरुमध्ये दुईवटा कम्पनी अख्तियारले छानविनमा दायरमा राखेकाहरुको समेत सहभागिता भएको भन्दै यसको प्रक्रिया रोकेको थियो . ठेक्काका सबै प्रक्रिया पूरा गरेर काम अघि बढिसक्कनु पर्ने बेलामा सरकार परिवर्तन भएसँगै उक्त आयोजनाको काम रोकिएको थियो ।
सडकको थप प्रक्रिया रोकिएको जानकारी पाएलगत्तै पूर्व अर्थमन्त्री डा. महतले तत्कालिन अर्थमन्त्री वर्षामान पुन र भौतिक योजनामन्त्रीलाई कामको ढिलाई भएको बारे समेत जानकारी गराउनु भएको थियो । डा.महतले सरकारको सबै निकायलाई ध्यानाकर्षण गराउँदा समेत काम अघि बढ्न सकेको थिएन । तर यस पटक भने महत आफै मन्त्रालयमा उपस्थित भएर मन्त्रीको ध्यानाकर्षण गराएसँगै उक्त सडक आयोजनाको काम अघि बढ्ने विश्वास गरिएको छ ।