
काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख, नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका उपसभापति एवं पूर्व क्षेत्रीय सभापति राजकुमार नकर्मीको निधनमा कांग्रेसले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेको छ ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज कीर्तिपुर नगरपालिकाको कार्यालय परिसरमा पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
त्यसैगरी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, जिल्लाका अन्य नेता एवं कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजनहरु अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई आजै कीर्तिपुरको दिखु खोलामा दाहसंस्कार गरियो ।
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा उहाँले पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ । नकर्मीको बिहीबार राजधानीमो वीर अस्पतालमा निधन भएको थियो । उहाँ लामो समयदेखि फोक्सोको विरामी हुनुहुनथ्यो ।