
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट बर्खास्तीमा परेका महामन्त्री डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफूलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

फाइल तस्बिर
ढकालले आज आयोगमा निवेदन दर्ता गराउँदै पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्दै आयोगमा निवेदन दिएको हुन । ढकालले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेको भन्दै आयोजमा जानकारी गराएको बताएका छन् ।
“संविधानको धारा २६९ ९४० र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८९२० अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु”, ढकालले भने रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।
ढकालले पार्टी अध्यक्ष रवि लामिछाने र उपाध्यक्ष स्वर्णीम वाग्लले नेपालको प्रान्तबनाउन समेततयार भएको भन्दै सार्वजनिक अभिव्यक्ति समेत दिएका थिए ।