

विदुर । नुवाकोटको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थी रेजिना भण्डारीको एसइईको नतिजा संशोधन भएको छ ।
संशोधित नतिजा अनुसार रेजिनाको ४.०० जिपिए कायम भएको छ । असार १२ गते प्रकाशित नतिजामा ३.९६ जिपिए रहेकी रेजिनाको सामाजिक अध्ययन विषयको नतिजा पुनर्योग हुँदा नतिजामा संशोधन भई ४ जिपिए कायम भएको विद्यालयका प्रधानाध्यापक बाबुराम लामिछानेले जानकारी दिनुभएको छ ।रेजिना नुवाकोट जिल्ला लिखु गाउँपालिका ३ की स्थायी बासिन्दा हेमबहादुर भण्डारी र रेश्मा भण्डारीकी छोरी हुन् ।
एसइईको नतिजामा चित्त नबुझेपनि उनले पुर्नरयोगका लागि निवेदन दिएकी थिईन । रेजिनाको ४ जिपिए आएसँगै नुवाकोट जिल्लाबाट ४ जिपिए ल्याउने दुई जना भएका छन् । यसअघि बट्टारमा रहेको शुभेनियर बोडिड.मा अध्ययनरत सिम्रिका रिजालले ४ जिपिए ल्याउन सफल भएकी थिईन ।