
नुवाकोट जिल्लाको पुरानो जिल्ला अस्पताल त्रिशुली अस्पताल यतिखेर सुविधाले भरिएको छ । नुवाकोट मात्र नभई रसुवा र धादिड.का केही भागका नागरिकहरुका लागि उपचारमा समेत सहज हुने अस्पतालको सेवा सुविधा थपिनु एक सकाररात्मक कुरा हुन् । यसले सिंगो समाज र सरकारप्रति आम रुपमा सकारात्मक सन्देश जान सक्नेछ । अस्पतालको आफ्नै इतिहास रहेको छ ।
भारतीय सरकारकाबाट त्रिशुली जलविद्युत निर्माणका क्रममा आफ्ना कर्मचारी र मजुरको लागि उपचारका लागि स्थापना गरिएकोे थियो । २०३२ सालमा जलविद्युत आयोजना सम्पन्न भएसँगै उक्त स्वास्थ्य केन्द्र नेपाल सरकारलाई हस्तान्तरण भयो । नेपाल सरकारले आफ्नो मातहतमा ल्याएसँगै १५ शष्याको क्षमाकासाथ सुरु भएको अस्पतालले यो अवस्थामा आउन निकै संघर्ष गर्नुपरेको इतिहास हामी सबैका सामु ताजै रहेका छन् । एउटा समान्य जस्ताको टहरोबाट सुरु भएको अस्पताल अहिले सुविधासम्पन्न पक्की भवनकासाथ एकसय बेठको रुपमा सञ्चाललित हुँदै आएको छ ।
अस्पताल सुरु भएको झण्डै ४० वर्षपछि सरकारले अस्पताललाई ५० बेडको रुपमा विस्तार गरेको थियो । सरकारले फेरि त्यसलाई ५० शष्या थप गरेर हाल अस्पताल एकसय बेडमा सञ्चालनमा रहेको छ । मुलुकमा लोकतन्त्रको स्थापनासँगै अस्पतालले आफ्नो मुहार फेर्ने अवसर प्राप्त गरेको हो । त्यसपछिका दिनमा भने सुविधाका हिसाबले अस्पताल प्रदेश स्तरकै पहिलो र राष्ट्यि स्तरमा समेत दोस्रो हुने अवसर प्राप्त गरेको छ । यो केबल कागजी रुपमा भएको होईन ।
यसमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारसहित आम राजनीतिकदलदेखि नागरिक समुदाय र सर्वसाधारण नागरिक सबैको भूमिका रहेको छ । पछिल्लो समय नेपाली कांग्रेसका नेता बहादुरसिंह लामा प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री भएका बेला अस्पताललाई ५० शेष्याबाट एकसय शष्या बनाउन जुन भूमिका निर्वाह गर्नुभयो, त्यो निश्चयनै एक महत्वपूर्ण कार्य हो । यो सँगै उहाँको नेतृत्वमा नै प्रदेश सरकाबाट अस्पतालका लागि एक थान सिटिस्क्यान मेशिन पनि उपलब्ध भएको छ । यसको शुक्रबार मात्रै औपचारिक रुपमा शुभारम्भ भएको छ । जिल्ला अस्पतालका लागि यो महत्वपूर्ण सेवा हो । सिटिस्क्यान जस्तो सेवा राजधानीका अस्पतालहरुमा लिन समेत बार हुनुपर्ने अवस्थामा छ । तर नुवाकोटका नागरिकले सहुलियत रुपमा यो सेवा हरेक दिन प्राप्त गर्ने अवसर पाएका छन् । यो एउटा महत्वपूर्ण सुविधा हो । तर मेसिन हुँदैमा सबै हुन्छ भन्ने छैन । राजधानीमा ठुला अस्पतालहरुले त त्यसलाई सहि रुपमा प्रयोग गर्न नसकेर महिनौंसम्म त्यतिकै थन्किएका उदाहरणहरु पनि छन् । यो अवस्था नुवाकोटमा आउन दिनु हुँदैन ।
जनतामा अब यो सिटिस्क्यान सेवा पाइन्छ भन्ने मानसिकता निर्माण भैसकेको छ । यसलाई अस्पतालले हरेक अवस्थामा स्वस्थ राख्न सक्नुपर्दछ । यस्तै अस्पतालले पाएका अन्य मेसिन तथा सुविधाहरुको पनि कर्मचारी अभावका कारण उपलब्ध गराउन नसकेको भन्ने गुनासो बेला बेलामा आउने गरेका छन् । सरकारले त्यसतर्फ पनि ध्यान दिनु जरुरी छ ।
सुविधा मात्रै थपिने, तर सेवा पाउन सकिएन भने नागरिक स्तरमा त्यसको कुनै अर्थ हुँदैन । यसर्थ अस्पताल सुविधाका हिसावले जुन स्थानमा पुगेको छ अबका दिनमा सेवा पनि सोही अनुसार दौडन् सकोस् । यसका लागि अस्पताल व्यवस्थापन समिति, प्रशासनले बारम्बार आफुलाई सक्रिय राख्नुपर्दछ । तब मात्रै आम सर्वसाधारमा आहा,त्रिशुली अस्पताल भन्ने आभास हुनेछ