
पहिलो पटक दिएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा एनजी आएका विद्यार्थीहरुले आजबाट ग्रेडिड.का लागि पुन ः परीक्षा दिँदै छन् । राष्ट्रिय परीक्षा बोर्डको सार्वजनिक गरेको तालिका अनुसार आजदेखि ३१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।
आज पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा रहेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा तालिका अनुसार साउन ३१ गतेसम्म परीक्षा सञ्चालन हुनेछ । विगतका वर्षहरुमा दुई विषयमा एनजी आएका विद्यार्थीले मात्रै मौका परीक्षा अर्थात ग्रेडिड.का लागि परीक्षा दिने व्यवस्था थियो । तर यो पटक धेरै विद्यार्थी अर्थात ५२ प्रतिशत विद्यार्थी फेल भएपछि सरकारले एकपटकका लागि सबै विषय फेल भएका विद्यार्थीहरुलाई पनि मौका परीक्षा दिन पाउने व्यवस्था गरेको छ । जसले गर्दा २ लाख ४२ हजार विद्यार्थी परीक्षामा सहभागि हुँदैछन् । परीक्षाको लागि सबै प्रकारको तयारी पूरा भैसकेको बोर्डले जनाएको छ । परीक्षा दिने व्यक्ति असफल हुने कुरा अस्वभाविक होइन । सबै एकै पटक पास हुन्छन् भन्ने हुँदैन ।
तर यस पटक धेरै विद्यार्थी असफल भएका थिए । उनीहरुले कक्षा ११ मा अध्ययन गर्नका लागि एक वर्ष कुनुपर्ने अवस्था हुन्थ्यो । सरकारले सबै विषयमा एनजी आएकालाई पनि परीक्षा दिन पाउने व्यवस्था गरेपछि विद्यार्थीहरुमा एक प्रकारको उत्साह छाएको छ । उनीहरु मौका दिन पाउँदा खुशी पनि भएका छन् । यो सकारात्मक पक्ष हो । अब परीक्षा दिन पाइन्छ भनेर खुशी भएका विद्यार्थीहरुले आफुलाई परीक्षामा सफल हुने ढंगले लाग्नुपर्दछ । सँधै यस्तो अवसर आउँदैन । यो पटक पनि एनजी आएका विद्यार्थीहरुलाई अर्को वर्ष कुर्नु पर्ने हुन्छ । त्यसमा पनि लगातार असफल हुँदा मानसिक रुपमा पनि पढाईप्रतिको रुची कम हुँदै जानेछ ।
हाम्रो देशमा भएको नि त्यहि हो । कक्षा १ मा भर्ना हुँदा १० लाख विद्यार्थी हुन्छन्,तर त्यहि संख्या र सालको हिसाबले गणाना गर्दै जाँदा १० वर्ष पछि एसईइई दिँदा पाँच लाखमा झरेको हुन्छ । यसो मुख्य कारण विद्यार्थीहरु विद्यार्थी छाड्दै जानु नै हो । यसर्थ ठुलो मिहिनेतकासाथ कक्षा १० मा पुगेका विद्यार्थीहरुले यो पटक भने आफूलाई गम्भीर रुपमा ढाल्नै पर्दछ ।
अर्कोतर्फ फेल हुनेमा सामुदायिक विद्यालयका विद्यार्थीहरु ९० प्रशित रहेको देखिएको छ । यसका धेरै कारण छन् । विद्यार्थी कमजोर हुनु त छदैछ ,शिक्षकहरुले पनि विद्यार्थीलाई बुझाउन नसकेको भन्ने बुझिन्छ । किनभने उनीहरुमा विद्यार्थीलाई सिकाउने कलाको कमि, अनुभव कम र हेलचक्र्याईका कारण पनि हुनसक्छ । यस्तै विद्यालयमा आवश्यक पुर्वाधार र शिक्षण सिकाईका लाति दिने सुविधाहरु पनि छन् । यसतर्फ संघीय सरकार,प्रदेश र स्थानीय सरकारको पनि ध्यान जानु जरुरी रहेको छ ।
यो सँगै नेपालको शिक्षा र परीक्षा प्रणाली पनि पुरानो हुँदै आएको छ । यसलाई पनि समयानुकुल परिवर्तन गरेर अघि बढ्न सकियो भने मात्रै हाम्रो शिक्षा प्रणाली र विद्यार्थी फेल हुने परम्पराको अन्त्य हुनेछ । एसईई मौका परीक्षा दिने सबै विद्यार्थी भाईबहिनीहरुलाई सफलताको शुभकामना ।