

प्रशन्न शाक्य(लेखक)
पद्ममपाणी लोकेश्वर जसलाई करुणामय वा बुंग द्यः अनि पछिल्लो समयमा रातो मछिन्द्रनाथ पनि भनिन्छ, शहकाल र वर्षाका देवताका रुपमा प्रसिद्ध यस देवताको जात्रा काठमाडौ उपत्यकाको ललितपुरमा सदियौँदेखि मनाउँदै आएको छ । यस जात्राका अन्तिम दिन भोटो देखाएर संम्पन्न गरिन्छ भने यो भोटो देखाउने दिन यसै दिन हुन्छ भनेर यकिन गर्न सकिदैन् । ईस्वी संवत ६४० देखि ६८३ सम्म ललितपुरमा शासन गरेका राजा नरेन्द्र देवको पालादेखि यस जात्रा मनाईने गरिएको इतिहास प्रष्ट छ ।
पुल्चोकवाट शुरुभएको यस रथ तान्ने क्रम गाःबहा, मंग (मगंलबजार), हःखा, नुग (सुन्धारा), चक्रबहि , लगनखेल ,थति हुँदै जावलाखेलमा गएर अन्त्य हुन्छ । यसरी रथ सबै ठाँउ पुगेर आईसके पछि जावलाखेलमा पुर्यान्छ र पुगेको दिनबाट ४ दिनमा भोटोजात्राको मिति तय गरिन्छ ।
जावलाखेलमा समापन गरिने यस रथयात्रामा परम्परागत नेपाली ऐतिहासिक भोटो देखाईएपछि मात्र यो जात्रा अन्त्य हुनेगर्दछ । यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने प्रचलन छ । हीरा जडित भोटोलाई रथको चारैतर्फवाट जात्रा हेर्न आएका उपस्थित सबै जनतालाई देख्ने गरी देखाउने परम्परा छ ।
परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेको निको नभए पछि एक वैध खोजीको क्रममा स्थानीय नेवार किसान खेतमा काम गरिरहेको नाग देवताहरुले देख्छन् र कतै यिनले पो ठीक गर्न सक्छ कि भनेर त्यो किसानलाई नाग देवताहरुले नाग लोक मा लान्छन्। त्यसबखत किसान डराएर आफ्नो कान को पछाडि हात रगडदै गर्दा निस्केको मईल निकाल्दै त्यही मईल आँखामा राख्न दिन्छन् र संयोगले आँखा दुखेको निको भएपछि उक्त किसानलाई उनकै ईच्छा अनुसार नागराजले लगाएको भोटो उपहारस्वरूप दिएको किंवदन्ती छ ।
परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेको निको नभए पछि एक वैध खोजीको क्रममा स्थानीय नेवार किसान खेतमा काम गरिरहेको नाग देवताहरुले देख्छन् र कतै यिनले पो ठीक गर्न सक्छ कि भनेर त्यो किसानलाई नाग देवताहरुले नाग लोक मा लान्छन्। त्यसबखत किसान डराएर आफ्नो कान को पछाडि हात रगडदै गर्दा निस्केको मईल निकाल्दै त्यही मईल आँखामा राख्न दिन्छन् र संयोगले आँखा दुखेको निको भएपछि उक्त किसानलाई उनकै ईच्छा अनुसार नागराजले लगाएको भोटो उपहारस्वरूप दिएको किंवदन्ती छ ।
पछि तिनै किसान आफ्नो खेतमा काम गर्न जाँदा उक्त भोटो लगाएर जान्छन् भोटोमा हिलो लाग्छ भनेर एउटा रुखमा झुन्ड्याएको हून्छ र त्यसै बखत एक ख्याकले त्यो भोटो चोरेर लान्छन्।भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलको जात्रामा एकजना राक्षस(ख्याक)ले लगाएको देखे पछि ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्छ । दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले स–प्रमाण भोटो मेरो हो भनेर दाबी गर्न आउँछ, उसैलाई भोटो दिने शर्तमा नासोका रूपमा उक्त भोटो राखिएको बताइन्छ । उक्त विवादलाई राजासमक्ष पु¥याइएपछि जावलाखेलको बुंग धोः जात्रामा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ ।
जावलाखेल को भोटो जात्रालाई नेवार भाषाका अन्य नामहरु जाह्वला जात्रा र प्वाक लं जात्रा भनेर स्थानीय भाषामा भोटो जात्रालाई भनिन्छ, यसै जाह्वला जात्रा का नामवाट यस ठाँउको नाम नै जावलाखेल रहन गएको हो भन्ने दुइ मत छैन । यसको अर्थ भात छर्नु भन्ने हो, भोटो जात्राको अघिल्लो रात भात छर्ने चलन पनि छ । त्यसै गरी यस जात्रालाई प्वाकलं जात्रा पनि भनिन्छ, जसको अर्थ भोटो हो ।
उक्त दिन काठमाडौ उपत्यकामा सार्वजनिक विदा हुन्छ, करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँका गुरूजु बन्धुदत्त बज्राचार्य, ललितपुरका ललित किसान र भक्तपुरका जुजु अर्थात् राजा नरेन्द्रदेवले आसामको कामरूप कामाक्षाबाट
पद्ममपाणी लोकेश्वर जसलाई करुणामय वा बुंग द्यः अनि पछिल्लो समयमा रातो मछिन्द्रनाथलाई नेपाल भित्र्याएको इतिहास पाईन्छ।वर्षाका देवता करूणामयले हामीसबैको कल्याण गरुन्, अल्पवृष्टि र अनावृष्टि नहोस् ।