
विदुर । सत्तारुढ दलबीच नुवाकोट जिल्लाबाभित्रका सबै स्थानीय तहमा गठबन्धन गर्ने विषयमा निकै लामो बहस चलेपनि अन्तमा तीन पालिकामा मात्रै गठबन्धन भएको छ । । जिल्लाको दुई नगरपालिका र एक गाउँपालिकामा गठबन्धन भएसँगै उक्त स्थानमा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । जिल्लाको पुरानो नगरपालिका विदुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच गठबन्धन भएको छ ।





तीन दलबीचको गठबन्धनमा नेपाली कांग्रेसबाट राजनलाल श्रेष्ठले मेयरका लागि उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रबाट उपमेयरमा प्रभा बोगटीले उम्मेदवारी दिएकी छन् । यस्तै नेकपा एमालेले भने निवर्तमान मेयर सञ्जु पण्डितलाई नै मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा अम्बिका पौडेल नेपालले उम्मेदवारी दिएकी छिन् ।
विगतमा एमालेले आफ्नो वचश्र्व कायम गरेको थियो । तर यस पटक भने गठबन्धका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । यस्तै विदुरमा गठबन्धनका उम्मेदवारमाथि पार्टी भित्रैबाट अन्र्तरघात नभएको खण्डमा गठबन्धले जित हासिल गर्ने अनुमान गर्न थालिएको छ । यस्तै दोस्रो नगरपालिका बेलकोटगढीमा एमालेका तर्फबाट निवर्तमान मेयर राजेन्द्र रमण खनाल र उपमेयरमा रुपा सापकोटाले उम्मेदवारी दिएकी छन् । एमालेका तर्फबाट मेयर रहेका बेला खनाल माथि धेरै आरोप लागेकाले खनाल भन्दा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार जगत लामा निकै बलियो रहेको अनुमान गर्न थालिएको छ । गत निर्वाचनमा राजेन्द्र रमणसँग थोरै मतले पराजित रहेका लामा त्यस यता लगातार सामाजिक काममा व्यस्त हुँदै आएका छन् । उनी जनताको मनमा बसिसकेको माओवादीको दावी रहेको छ ।
यस्तै उपमेयरमा कांग्रेसका पूर्व जिल्ला सचिव शिव दाहालको पोजिसन झन बलियो रहेको कांग्रेसभित्र चर्चा छ । युवा र स्पष्ट अडान राख्ने दाहाल कांग्रेसभित्र पनि एक स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनी सांगठनिक रुपमा पनि अब्बल मानिन्छन् । जिलिड.का दाहाल कांग्रेसको क्षेत्रीय सचिव, जिल्ला सदस्य हुँदै जिल्ला सचिवसम्म निर्वाचित भएका थिए । उनमा राजनीतक अडान र विवेक रहेकाले उनको उम्मेदवारीप्रति कांग्रेसभित्र उत्साह पलाएको एक कांग्रेस नेताले नुवाकोट पुकारलाई बताए । यस्तै तादीमा पनि तीब्र प्रतिस्पर्धा रहेको छ ।
गठबन्धनबाट अध्यक्षमा शिव अधिकारीले उम्मेदवारी दिएका छन् । उनी विगतदेखि नै सामाजिक काममा सक्रिय भएकाले तारकेश्वरमा उनको चर्चा धेरै नै रहेको छ । एमालेबाट निवर्तमान अध्यक्ष रमेश वस्तीको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बेला बेलामा आरोप लाग्नै गरेको छ । यस्तै अन्य ९ पालिकामा गठबन्धन नभएपनि मित्रवत प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । तादी गाउँपालिकामा कांग्रेसबाट जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाड.ले उम्मेदवारी दिएका छन् । एमालेबाट विजय खनालले उम्मेदवारी दिएका छन् भने उपमेयरमा अस्मिता तामाड.ले उम्मेदवारी दिएका छन् । यस्तै समाजवादीबाट केपी लामिछानेले उम्मेदवारी दिएका छन् । लामिछानेले विगतमा एमालेबाट थोरै मतले हारेकाले उनले एमालेको मत तान्न सकेको खण्डमा त्यहापनि कांग्रेसले जित्ने सम्भावना देखिएको छ । सुर्यगढीमा कांग्रेसबाट सन्तमान तामाड. र एमालेबाट राजेन्द्र रिजालबीच प्रतिस्पर्धा भएपनि गत वर्षको कार्यक्षमता मुल्याडंकनमा उत्कृष्ट ठहरिएकाले सन्तमानले जित्ने अवस्था देखिएको सुर्यगढीका एक स्थानीयले बताए ।
किस्पाड. र मेघाड.मा पनि कांग्रेस उम्मेदवार बलिया रहेको सूचना प्राप्त भएको छ । मेघाड.मा भने एमाले र माओवादीबीच गठबन्धन भएकाले निर्वाचन अलि पेचिलो हुने सम्भावना देखिएको छ । पञ्चकन्यामा भने माओवादीका तेज लामा अलि बलिया देखिएका छन् । कांग्रेसबाट माधव खनाल उम्मेदवार बनेका छन् भने एमालेबाट यमबहादुर थापा उम्मेदवार बनेका छन् । थापाले कांग्रेसको भोट काटेमा तामाड.ले जित्ने सम्भावना देखिएको छ । ककनीमा भने कांग्रेसबाट नमराज घिमिरे र एमालेबाट काशीराज अधिकारीले उम्मेदवारी दिएका छन् । माओवादीबाट निर्वतमान अध्यक्ष मानबहादुर तामाड.ले उम्मेदवार बन्न नपाएपछि माओवादी कमजोर रहेको अनुमान गरिएको छ ।
यस्तै लिखुमा कांग्रेसका नेता धुव्र श्रेष्ठले उम्मेदवारी दिएका छन् । राप्रपाबाट केन्द्रीय सदस्य दिपक राईको पक्षमा पार्टी अध्यक्ष राजेन्द्र लिडंदेन समेत आएर भोट मागेपनि कांग्रेसका अध्यक्षका उम्मेदवार धुव्र श्रेष्ठले जित्ने निश्चित रहेको लिखुमा चर्चा सुरु भैसकेको छ । २०५४ सालदेखि नेतृत्वमा रहेका श्रेष्ठ यस पटक पनि कांग्रेसभित्रको सबैभन्दा बलिया उम्मेदवारको रुपमा परिचित रहेका छन् । दुप्चेश्वरमा कांग्रेसबाट पूर्णमान तामाड. र एमालेबाट योविन्द्र सिंह तामाड. भिड्दै छन् । योविन्द्र कांग्रेस छाडेर एमालेका उम्मेदवार बनेका हुन ।
उनले पार्टी परिवर्तन गरेपछि उनीमाथि जनताको विश्वास घटेको र कांग्रेसका उम्मेदवार पुर्णमान बलियो रहेको चर्चा चलेको छ । दुप्चेशवर कांग्रेस नेता अर्जुननरसिंह केसीको जन्मथलो भएकाले पनि केसी परिवार पूर्णमानलाई जिताउन लागि परेका छन् । राजनीतिक दलबीचको यो प्रतिस्पर्धाको नतिजा ३० गतेपछि मात्रै आउने हुनाले नुवाकोटको राजनीतिमा कस्तो प्रभाव बढि हुन्छ त्यसपछि मात्रै भन्न सकिने अवस्था छ ।