Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

आईएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ

नुवाकोट पुकार ३१ श्रावण २०८१, बिहीबार ०९:२९

काठमाण्डाै – आईएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आईएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हिजाे आयाेजित एक कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बनेको आईएमईको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकको प्राथमिकता बमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आईएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताउनुभयाे । रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने उहाँकाे भनाइ छ ।

यस्तै आईइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले झन्डै २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गर्नुभयाे । अध्यक्ष ढकालले भन्नुभयाे, ‘सन् २००१ अर्थात् आजभन्दा झन्डै २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट शुरू भएको आईएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरू खुला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या भर्खरै बढ्न शुरू गरेको थियो । जापान बस्दा हामी आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्याहरू देखेका हामीहरूले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म हुन पुगेको हो ।’

अध्यक्ष ढकालले आईएमईलाई चाँडै नै ‘पब्लिक’ मा लैजाने जानकारी पनि गराउनुभयाे । ‘नागरिकलाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो’, उहाँले भन्नुभयाे ।

रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भएकाले रेमिट्यान्स कम्पनीको क्षेत्राधिकार विस्तारमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने विश्वास रहेको अध्यक्ष ढकालले उल्लेख गर्नुभयाे ।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताउनुभयाे ।

यस्तै आईएमईमा गाभिएको जीएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया, जापान लगायतका उदाउँदा श्रम गन्तव्यहरू लक्षित गरी सेवा दिइरहेको जीएमई रेमिटलाई सम्मानजनक रूपमा आईएमईमा गाभिन सफल भएको बताउनुभयाे ।

Continue Reading

Previous: प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पारित
Next: कांग्रेसको भातृ संस्था किसान महासंघमा सदस्यहरु मनोनित,नुवाकोटबाट परे तीन जना

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार