Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

चलचित्र आँखा असोज ११ मा प्रदर्शन, नयाँ पोष्टर सार्वजनिक

नुवाकोट पुकार २ भाद्र २०८१, आईतवार १०:२०


काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘आँखा’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टीमले नयाँ पोष्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । लामा सिनेमाको प्रस्तुतिमा तयार भएको सिनेमालाई जोन योंजनले लेखन तथा निर्देशन गरेका हुन् ।

चलचित्रमा स्मिता लामिछाने, आर के मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल, मोहन अभिलाषी लगायत थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । बाल कलाकारको भुमिकामा प्रसन राई रहेका छन् । राईले चलचित्र गाउँ आएको बाटोमा समेत मुख्य भुमिका निर्वाह गरेका थिए ।


चलचित्रको पोष्टर र मुख्य भुमिकामा स्मिता लामिछाने र आर के मेहता देखिन्छन् । लामिछानेले यसअघि बाह्र सत्ताईस, म राजेश हमाल लगायतका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छिन् भने आर के मेहता यसै चलचित्रमार्फत् डेब्यु गर्दैछन् । उनले यो चलचित्रको लागि १५ किलो वजन घटाएका थिए ।


रंगमञ्चमा लामो समय सक्रिय मेहताले शिल्पी थिएटरमा जेसिमो बेटा भर्सन, कोमा, माझिपा लाखे, नारी, के लाग्यो हाल्का ले, एल्लो कमेडी जस्ता थुप्रै नाटकहरु गरेका थिए । उनी ’हारजित’ ‘वीच’, ‘जिउँदो आकाश’ नाटकका अभिनेता तथा निर्देशक पनि हुन् । उनले इटालीमा एकडेमिया डेल् आर्ते मा फिजिकल थिएटरको डिप्लोमा गरेर त्यही प्रशिक्षण पनि दिएका थिए । इटालीमा पनि उनले धेरै प्रदर्शनहरू गर्नुका साथै नेपालको मण्डला थिएटर, कान्तिपुर फिल्म एकेडेमी, एनएफडीसी, पिफिटमा पनि ओकर्सप दिएका थिए ।


चलचित्रलाई जौन योंजन आफैले निर्माण गरेका छन् । सहनिर्माताका रुपमा रेनुका कार्की रहेकी छिन् । ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको चलचित्र ‘आँखा’को छायांकन आलोक शुक्लाले गरेका हुन् ।


मानवता, सामाजिक दबाब, नैतिक र गरिबी जस्ता विभिन्न जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी छन् । यो फिल्म आधुनिक समाजमा तल्लो वर्गको संघर्ष र बाँच्नका लागि मानिसहरू समयको कति लामो गहिराईसम्म जान्छन् भन्ने मार्मिक दृष्टिकोण भएको निर्देशक बताउँछन् । दुःख एक्लोपन जत्तिकै भयानक र त्रासपूर्ण हुन्छ, यहि परिधि भित्रको रमाइलो कथा ’आँखा’ हो ।

निर्देशक योंजनले यसअघि बाह्र सत्ताईस र म राजेश हमाल निर्देशन गरिसकेका छन् । चलचित्र बाह्र सत्ताईस प्रदर्शन भएर पनि युट्युबमा आईसकेको छ भने म राजेश हमाल प्रदर्शनको तयारीमा रहेको छ । उनी नयाँ चलचित्र रोल नं. १ को निर्माणको तयारीमा लागेका छन् । 

Continue Reading

Previous: आकर्षणको सत्ता
Next: भोलि बेलकोटगढीको दुईपिपल डबलीमा दोहोरी कलाकारसहितको उपस्थितिमा रोपाई जात्रा गरिने

सम्बन्धित समाचार

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

सुशीलाको तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक

२१ असार २०८२, शनिबार १८:४२
क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

क्यानडामा गायक “रामकृष्ण ढकाल साँझ” लाईभ म्युजिक हुँदै

७ असार २०८२, शनिबार १३:२०
मायाले हेरिदेउ भन्दै आइन् बबिना
1 min read

मायाले हेरिदेउ भन्दै आइन् बबिना

२३ जेष्ठ २०८२, बिहीबार १३:१४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार