

भरत भारद्धाज
प्रज्ञा प्रतिष्ठान काठमाडौं
चुम्बक छ
त्यो नहुँदो हो
मर्द ऊसँग टाँसिने थिएन
गाँसिने थिएन
मर्दमा तातोपन हुन्छ
त्यो नहुँदो हो
नारीलाई न्यायोपन हुने थिएन
नारीलाई अंगालो हुने थिएन
नारीमा आकर्षण हुन्छ
त्यो नहुँदो हो
मर्दलाई आँखा हुने थिएन
मर्दलाई नशा हुने थिएन
नारीमा सुन्दरता छ र मर्दमा नशा छ
मर्दलाई नशा र नारीलाई मज्जा छ ।
यो कविता लेखकको प्रकाशित पुस्तक शब्दातीत उन्मत्त भैरवीबाट प्रकाशित