
२ भदौ, काठमाडौं । सेयर बजार ३ हजार विन्दुबाट ओरालो लागेको छ । साताको पहिलो दिन आइतबार बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा ३४.४७ अंक घटेको छ । अघिल्लो दिन ३ हजार अंकमा रहेको बजार आइतबार भने २९६६ मा रहेर बन्द भयो ।
दिनभर बजारमा तीव्र उतारचढाव देखियो । ११ : ५८ बजे ३०४८ अंकसम्म पुगेको बजार २ : ४२ बजे २९४७ अंकसम्म झरेको थियो । बजार घट्दा कारोबार रकम पनि उल्लेख्य छ । दिनभर कुल २८ अर्ब ८३ करोडको कारोबार भयो । अघिल्लो दिन हालसम्मकै उच्च २९ अर्ब ९५ करोडको भएको थियो ।