Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

राष्ट्रियसभा बैठक: टीआरसी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

नुवाकोट पुकार २ भाद्र २०८१, आईतवार १७:४५ 1 min read

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग -(तेस्रो संशोधन) विधेयक (टीआरसी), २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सभाको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

सभामा कानुन मन्त्री चौरासियाले सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पीडित मैत्री बनाइएको बताउनुभयो ।

कानुन मन्त्री चौरासियाले दुई पक्षबीचको सहमति र असहमतिका आधारमा न्याय निरुपण हुने प्रावधान विधेयकमा रहेको भन्दै यसबाट गम्भीर मानव अधिकार उल्लङ्घनका घटनाले उन्मुक्ति नपाउने बताउनुभयो ।

मन्त्री चौरासियाले विधेयकले शान्ति पक्रिया निष्कर्षमा पुर्‍याई न्याय निरुपण र समाजमा मेलमिलाप कायम हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, राष्ट्रियसभाको आजकै बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेश भएको छ ।
बैठकमा कानुन, मन्त्री अजयकुमार चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभा समक्ष पेस गनुभयो ।

विधेयक पेश गर्नुहुँदै मन्त्री चौरासियाले कानुनी शिक्षालाई स्तरीय र व्यावसायिक बनाउन, कानुन विषयको पाठ्यक्रम,मापदण्ड निर्धारण गर्न विधेयक संशोधन आवश्यक रहेको बताउनुभयो ।

कानुन मन्त्री चौरासियाले कानुन व्यवसायीको पेशागत आचरणलाई नियमन गर्न र पारदर्शी बनाउन पनि विधेयकको संशोधनको आवश्यक भएको बताउनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक भदौ ६ गते बिहीबार १:१५ बजे बस्नेछ ।रेडियो नेपाल अनलाइन

Continue Reading

Previous: ३ हजार विन्दुबाट ओर्लियो सेयर बजार
Next: जनैपूर्णिमा एक बिशेष – रक्षा बन्धन हो कि राखी बन्धन?

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार