Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पोष्टबहादुर बहुप्राबिधिक शिक्षालयका बिद्यार्थीलाई निशुल्क पोषाक वितरण

नुवाकोट पुकार १७ भाद्र २०८१, सोमबार १५:३१ 1 min read

नुवाकोट पुकार
विदुर । पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थीहरुलाइ निशुल्क शिक्षालय पोषाक वितरण गरिएको छ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुङ्गेमा सञ्चालित बहुप्राबिधिक शिक्षालयमा सिक, कमाउ र तिर अभियान अन्तर्गत शिक्षालयको उत्पादन इकाईद्वारा पशु बिज्ञान र बालि बिज्ञानका ६२ जना प्रशिक्षार्थीहरुलाइ निशुल्क शिक्षालय पोषाक वितरण गरिएको हो ।

बिदुर नगरपालिकाको उपप्रमुख प्रभा बोगटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जनप्रतिनिधि,समाजसेवी,विद्यार्थी, शिक्षकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि उपमेयर बोगटीले आफ्नो शैक्षिक गुणस्तर बृद्धि गर्दै आत्मनिर्भर बनेर समाज रुपान्तरणको मेरुदण्ड बन्न प्रशिक्षार्थीहरुलाई सुझाव दिनुभएको थियो । उहाँले नुवाकोट जिल्लाको एक उदाहरणीय प्राविधिक शैक्षिक संस्था भएकाले यसको गरिमा र महत्व जोगाउनु पर्नेमा पनि जोड दिनुभयो ।

कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष लेलिन रञ्जितले पनि शैक्षिक गुणस्तरमा जोड दिनुभएको थियो । नुवाकोट तुप्चेमा जन्मनु भएको तत्कालिन माओवादीका महासचिव स्वर्गीय पोष्टबहादुर बोगटीको स्मृतिमा खोलिएको उक्त प्राविधिक शिक्षालयलाई नेपाल सरकारको सहयोगमा सञ्चालन गरिदै आएको छ । नुवाकोट र रसुवा जिल्लाकै एकमात्रै आंगिक शिक्षालय पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयले प्राबिधिक शिक्षा क्षेत्रमा दर्बिलो उपस्थिति जनाउन समेत सफल भएको छ ।

पोष्टबहादुर बोगटी बहुप्राबिधिक शिक्षालयमा अध्ययन गर्नुभएकी छात्रा पुजा अधिकारीले बिएससी एजी Bsc AG को प्रबेश परिक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल भएकी छिन् ।

२८ जना सहभागी प्रशिक्षार्थी मध्ये २५ जना प्रशिक्षार्थी उत्तीर्ण गराइ नेपाल प्रथम हुन सफल भएको छ । जसमा १२ जना प्रशिक्षार्थी ८० प्रतिशत भन्दा बढि अंक सहित उत्तीर्ण भएका छन् भने ८७।१६ प्रतिशत सहित सिटिईभिटि सिस्टमको आंगिक कलेज तर्फ टप गर्नेमा युनिशा पन्थ रहेकी छिन ।

Continue Reading

Previous: ४६ जना आरोहीहरुलाई खिजीदेम्बा गाउँपालिकाको सम्मान
Next: गण्डकीमा चार मन्त्रीले लिए सपथ

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार