Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गण्डकीमा चार मन्त्रीले लिए सपथ

नुवाकोट पुकार १७ भाद्र २०८१, सोमबार १६:३५

पोखरा । नेपाली कांग्रेसको नेतृत्वमा गठन भएको गण्डकी प्रदेशमा सरकार विस्तार गरिएको छ । मुख्यमन्त्रीसुरेन्द्र पाण्डेको सिफारिसमा आज नवनियुक्त ४ मन्त्रीहरूले सपथ ग्रहण गर्नुभएको छ । नेकपा एमालेका तर्फबाट नियुक्त ४ मन्त्रीहरूलाई एक समारोहबिच गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सपथ ग्रहण गराउनुभएको हो ।

कास्कीका प्रकाश केसी, नवलपुरकी पद्मा जिसी (श्रेष्ठ), बागलुङका कृष्ण पाठक र पर्वतका मित्रलाल बस्याल मन्त्रीमा नियुक्त भएसँगै आज उहाँहरूले सपथ ग्रहण गर्नुभएको हो । पद्मालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, केसीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पाठकलाई स्वास्थ्य मन्त्रालय र बस्याललाई भने उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेका ४ जना मन्त्री आजै नियुक्त गर्नुभएको हो । यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । आइतबार मुख्यमन्त्री पाण्डेले मन्त्रालयको सङ्ख्या ७ बाट बढाएर ९ पुर्याएको बताउनुभएको थियो ।
केन्द्रमा सक्ता गठबन्धन परिवर्तन भएको दुई महिना बित्दासम्म पनि एमाले र काँग्रेसको मन्त्रालय बाँडफाँडमा कुरा मिल्न नसक्दा नयाँ सक्ता गठबन्धनको सरकार गठनमा ढिलाइ भएको थियो ।

Continue Reading

Previous: पोष्टबहादुर बहुप्राबिधिक शिक्षालयका बिद्यार्थीलाई निशुल्क पोषाक वितरण
Next: सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार