|
२०८३ जेष्ठ २०, बुधबार १६:१४
धादिङ, — धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित नृसिंहधाम दर्शन गरेर फर्किंदै गरेको एक भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीबेंसी मा दुर्घटनामा परेको छ।
बागमती प्रदेश बि ए एफ ०२२३ नम्बरको मारुती इको भ्यान अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रत्यक्षदर्शी सुमन दुवाडीले जानकारी दिएका छन्। दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
घाइतेहरूको उद्धार गरी उपचारका लागि धादिङबेसी तथा सल्यानटारतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार भ्यानमा सवार यात्रुहरू भक्तपुरबाट नृसिंहधाम दर्शनका लागि आएका थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नुवाकोट पुकार





तपाईको प्रतिक्रिया दिनुहोस्