Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एसईईको मौका परीक्षामा ५६ .७८ प्रतिशर्त विद्यार्थी उत्तीर्ण

नुवाकोट पुकार ८ आश्विन २०८१, मंगलवार १६:३५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ । परीक्षमा १ लाख १९ हजार चार सय २५ जना ग्रेडिड. भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।


यो ५६ दशमलव ७८ प्रतिशत हो। २ लाख १० हजार तीन २१ जनाले परीक्षा दिएका थिए। एसईई परीक्षा २०८० मा ननग्रेड आएका विद्यार्थीहरुलाई पुरक परीक्षाका रुपमा पुन मौका प्रदान गरिएको थियो । परीक्षा २०८१ साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार ननग्रेड र अनुपस्थित विद्यार्थी ९० हजार ८ सय ८८ जना छन्।


कार्यालयले ८ जनाको उत्तरपुस्तिका रद्द गरेको छ। ३ दशमलव ६१ देखि ४ जीपीए ल्याउने १८ जना छन्। जीपीए १ दशमलव ६ देखि २ दशमलव ० ल्याउने ६४ जना, जीपीए २ दशमलव ०१ देखि २ दशमलव ४ ल्याउने १९ हजार ४ सय ९६ जना, जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० ल्याउने ७४ हजार ४ सय ६ जन छन्। जीपीए २ दशमलव ८१ देखि ३ दशमलव ० ल्याउने २३ हजार ६ सय २३ जना छन्।

त्यस्तै जीपीए ३ दशमलव १ देखि ३ दशमलव ६ ल्याउने १ हजार ५ सय १८ जना छन्। लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड (एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ। २०८० मा सञ्चालित एसईईको नियमित परीक्षामा पनि ४७ दशमलव ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएका छन्।

एसईईको २०८० सालको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए। तत्कालिन शिक्षा मन्त्री शुमना श्रेष्ठले सबै विषयमा फेल भएका विद्यार्थीहरुलाई एक पटक मौका परीक्षा दिने अवसर सिर्जना गराउनु भएको थियो । सोही अनुसार ननग्रेडका सबै विद्यार्थी परीक्षामा सहभागि हुने अवसर पाएका थिए ।

Continue Reading

Previous: त्रिशूली थ्री बी सबस्टेशनको काम चाँडो पूरा गर्न ऊर्जामन्त्रीको निर्देशन
Next: दसैं, तिहार र छठको अवसरमा भाटभटेनीले ५० प्रतिशतसम्म छुट दिने, के के मा छुट पाइन्छ (हेर्नुहोस्)

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार