Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

दसैं, तिहार र छठको अवसरमा भाटभटेनीले ५० प्रतिशतसम्म छुट दिने, के के मा छुट पाइन्छ (हेर्नुहोस्)

नुवाकोट पुकार ८ आश्विन २०८१, मंगलवार १७:०५

काठमाडौं । खाद्यान्य तथा अन्य व्यवसायमा फड्को मार्दै आएको भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ ।

भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको जनाइएको छ ।रेडिमेड गार्मेन्टमा पनि भारी छुटको व्यवस्था गरिएको भाटभटेनीले जनाएको छ । सबै प्रकारका रेडिमेड तथा जुत्तामा पाँच प्रतिशत छुटको व्यवस्था गरिएको छ भने निर्धारित वस्तुमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसैगरी अन्तराष्ट्रिय ब्राण्डका रेडिमेड आइटम तथा जुत्तामा ७० प्रतिशत सम्म छुट दिन लागिएको छ ।

चामल, दाल, चना, चिउरा, तेल, चिनी, चियालगायतका खाद्यान्नमा भारी छुट दिन लागिएको भाटभटेनीले जनाएको छ । जिरा मसिनो स्टिम चामल २२२० रुपैयाँमा प्रदान गर्न लागिएको छ । अफर अवधिभर यही मूल्यमा जिरा मसिनो चामल प्राप्त गर्न सकिनेछ । त्यसैगरी प्रिमियम सोना मनसुली २५ के।जी को बोरा चाडपर्व अफरमा रु १६४० रुपैयाँमै प्राप्त गर्न सकिने भएको छ ।

यो अफर योजनामा लङग्रेन चामल २० के.जीको ३२२५ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । त्यसैगरी मुसरको दाल प्रति के.जी १४८ रुपैयाँ, मासको दाल प्रति के.जी २१३, रहरको दाल प्रति के.जी २८८ रुपैयाँ, मुँगको दाल प्रति के।जी १६७ रुपैयाँ, ब्राउन चना प्रतिकेजी १६८ रुपैयाँ, चिउरा प्रतिकेजी १०८ रुपैयाँमा उपलब्ध गराउन लागिएको भाटभटेनीले जनाएको छ ।तोरीको तेल प्रतिलिटर २७९ रुपैयाँ, सनफ्लावर तेल प्रतिलिटर १९८ रुपैयाँ, सोयाबिन तेल प्रतिलिटर १९७ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ ।

डीडीसीको घ्यू प्रति केजीमा रु ८१ घटाएर ९९९ रुपैयाँमा प्रदान गर्न लागिएको छ । चिनी प्रति के.जी १०२ रुपैयाँ र चिया प्रतिकेजी ४९८ रुपैयाँमा उपलब्ध गराउन लागिएको छ । त्यसैगरी निर्धारित कार्पेटमा २० प्रतिशत सम्म र लगेजमा ३० प्रतिशत सम्म छुटको व्यवस्था गर्न लागिएको छ । भाटभटेनीका चिफ अपरेटिङ्ग अफिसर्स पानु पौडेलले जानकारी दिनुभयो ।

Continue Reading

Previous: एसईईको मौका परीक्षामा ५६ .७८ प्रतिशर्त विद्यार्थी उत्तीर्ण
Next: दसैँको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुला,घटस्थापनादेखि पूर्णिमासम्म रुट परमिट पनि खुला

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार