Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

छानविन समितिको प्रतिवेदन र सरकारको निर्णय

नुवाकोट पुकार ९ आश्विन २०८१, बुधबार ०८:५७

शुकदेव दाहाल

सर्वसाधारण नागरिकको अरबौं रुपयाँ सहकारी सञ्चालकहरुले ठगि गरेको गुनासो तथा उजूरी परेपछि सरकारले संसदा नै एक छानविन समिति गठन गरेको थियो । सरकारद्धारा गठित समितिले झण्डै तीन महिना लगाएर तयार पारेको प्रतिवेदन सोमबार व्यवस्थापिका संसदलाई बुझाएको छ । समितिले बुझाएको प्रतिवेदन नेपाल सरकार हुँदै गृहमन्त्राबाट नेपाल प्रहरीकोमा पुगेको छ ।

नेपाल प्रहरीले आइतबार पहिलो चरणमा समितिले कारबाहीका लागि सिफारिस गरिएका भनिएका गोर्खा मिडियाका तत्कालिन सञ्चालक छविलाल जोशीलाई पक्राउ गरेर पोखरा पुर्याएको छ । उनलाई पाँच दिन हिरासतमा राखेर अनुसनधान गर्न अदालतले अनुमति समेत दिएको छ । यस्तै गर्खा मिडियाका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेलाई पनि पक्राउ गरेर कारबाहीको तयारी गरेको छ । यो पंक्ति लेख्दै गर्दासम्म पूर्व गृहमन्त्री तथा राष्ट्यि स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका लामिछाने पक्राउ परिसकेको अवस्था छैन । उहाँलाई कुनै पनि बेला पक्राउ गर्ने प्रहरीको तयारी रहेको छ ।

यस्तै सहकारीको अरबौं रकम ठगि गर्ने मुख्य नाइके गितेन्द्रबाबु राईसहितका व्यक्तिहरूको खोजी हुन सकेको छैन । समितिले तयार पारेको प्रतिवेदनको सुझाव खण्डमा राईसहित थानबहादुर बुढा मगर सूर्यदर्शन पोखरा, दिनेश रोक्का सहारा चितवन, सागर केसी सुप्रिम बुटवल, तस्वीर खातुन सानो पाइला, वीरगञ्ज र भूपेन्द्र राई –स्वर्णलक्ष्मी काठमाडौँलाई शीघ्र खोजी गरी कानुनी दायरामा ल्याउन नेपाल सरकारलाई निर्देशन दिने उल्लेख छ । तर अधिकांश सहकारीबाट ठगी गरेकाहरु स्वदेशमा छेनन् । उनीहरु सबै फरार सूचिमा रहेका छन् र विदेश पलायन भएका छन् । सरकारले उनीहरलाई इन्टरपोल लगाउँदा समेत पक्राउ गर्न सकेको छैन । जीवी राई लामो समयदेखि फरार छन् । उनी मलेसियामा रहेको भनिएको छ । यस्तै अन्य सहकारीठगहरु पनि फरार रहँदै आएका छन् । तर यो विषयमा सरकार त्यति गम्भीर देखिदैन ।

रवि लामिछाने सार्वजनिक व्यक्ति भएको नाताले सरकारको नीगरानीमा छन् र हुनु पनि पर्दछ । तर रविको पक्राउले मात्रै समस्या समाधान हुने देखिदैन । मुख्य त सहकारी ठगहरु त अझै धेरै छन् । उनीहरुले त प्रत्यक्ष रुपमा नै सर्वसाधारणको अरबौं रुपयाँ ठगेर फरार छन्, सरकारको ध्यान उनीहरुप्रति हुनुपर्ने हो, तर रवि मात्रै हो कि जसरी प्रचार भएको छ । यसले यो प्रतिवेदन पनि कतै रमिमाथि मात्रै केन्द्रीत गरेर ,हात्ती आयो हात्ती आयो फुस्सा, बनाइने त होइन होइन भन्ने आशंका जन्म थालेको छ । मुख्यत सहकारी गठी गर्नेहरुअरु छन् जस जसले सर्वसाधारणको २६ खर्ब भन्दा बढि बचतको दुरुपयोग गरेर फरार छन् । उनीसम्म यो सरकार पुग्न सकेन भने समितिको केही अर्थ छैन । रविले त नियोजित रुपमा ठगेका होइनन् , उनले टेलिभिजनमा पैसा हाल्ने मान्छे खोज्दै जाँदा संयोगवस त्यहाँ पुगेर आफू जसले उनको चरित्रलाई ठगिदियो । यसको अर्थ उनी निर्दोष छन् भन्न खोजेको होईन कि उनीभन्दा भन्दा चार गुणा बढि ठगहरु पक्राउ परेका छैनन् मात्रै भन्न खोजिएको छ । उनी पनि आंशिक दोषी देखिएकाले दोष अनुसारको कारबाही भोग्नुपर्नेमा कुरामा कुनै गुनासो छैन । तर एउटै घटनाक्रममा कोही जोगिने र कोही दोषी हुने कुरा लोकतान्त्रिक राज्यमा सम्भव हुँदेन ।

सहकारी ठगिकै अर्को रुपमा कांग्रेस नेता धनराज गुरुड. पनि मुछिएका छन् । उनी र उनकी श्रीमतीले हालको अवस्थामाको रकम हिसाव गर्दा १४ करोड रुपयाँ ठगी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसमा पनि सरकारले तत्काल छानविन गरेर सत्य तथ्य बाहिर ल्याउनु पर्दछ । जो सत्तामा भयो, उसले आफ्नो मान्छे जोगाउने हो भने त्यो सरकारले कहिल्यै न्याय दिन सक्दैन ।

सत्ता कसैको प्याओ नभएकाले हेरफेर भै नै रहन्छ । कहिले ,सासुको पालो , त कहिले बुहारीको, पालो जस्तै हो सत्ता ,यसको दुरुपयोग गरेर आफ्नो र अर्कोको भेदभाव नगरौं । यतिखेर मुलुकका दुई ठुला शक्तिको सरकार छ, जसप्रति जनताको धेरै आशा छ, अन्तराष्ट्यि जगत समेत उनीहरुप्रति विश्वस्त छन् । जो आफै लोकतन्त्रका लागि लडेका नेताहरुले सरकारको नेतृत्व गरिरहेका छन् । यो अवस्थामा न्याय संगत निर्णय गर्न सक्नुपर्दछ, तब मात्रै लोकतन्त्रप्रति न्याय हुनेछ ।

Continue Reading

Previous: बजार अनुगमनमा सरकारको ध्यान पुगोस् (सम्पादकीय)
Next: थप २७० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिँदै

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार