Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

थप २७० मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिँदै

नुवाकोट पुकार ९ आश्विन २०८१, बुधबार ०९:०८ 1 min read

रसुवा, असोज  ८ गते । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवाका विभिन्न जलविद्युत आयोजनाबाट निर्माण भएको २७०.३ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । 

लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत आयोजनाको १०२ मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत आयोजना (१११ मेगावाट), माथिल्लो सान्जेन (१४.८ मेगावाट) र सान्जेन जलविद्युत आयोजनाको (४२.५ मेगावाट) गरी १६८.३ गरी २७०.३ मेगावाट विद्युत एक महिनाभित्र राष्ट्रिय प्रसारण ग्रिडमा  जोडिनेछ ।

लामो समयदेखि प्रसारण लाईनमा समस्या देखिएपछि उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको सक्रियतामा मङ्गलबार रसुवाका विभिन्न जलविद्युत आयोजना,  प्रसारण लाइन  तथा सवस्टेशनको स्थलगत निरीक्षण र संवादपछि  वातावरण सहज भएकाे हाे । 

सन् २०१७ को डिसेम्बरमा चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइन निर्माणको प्रभावकारी सम्झौता भएपनि विभिन्न कारणले समयमै प्रसारण लाइन र सव स्टेशन बन्न नसक्दा निर्माण कार्य सम्पन्न भएर सञ्चालन हुन नसकेका आयोजनाहरुबाट राज्यलाई दैनिक करोडौँ नोक्सानी भएपछि उर्जामन्त्री आफैँ स्थलगत निरीक्षणमा खटिनुभएको जानकारी मन्त्री खड्काको सचिवालयले दिएको छ । 

मन्त्री खड्काले प्रसारण लाईन निर्माणको काम ढिला हुँदा राज्यलाई दैनिक करोडौँ नोक्सानी भएकाले अब ढिलासुस्ती गर्ने कुनै छुट नरहेको बताउनुभयो । “गरिब तथा विपन्न जनताको लगानी रहेको यस्ता आयोजनाको काम ढिलाई हुँदा जनता प्रत्यक्ष मारमा परेका छन्, अब हेलचक्र्याँई गर्ने ठाउँ छैन,”– उर्जामन्त्री खड्काले भन्नुभयो । 

नुवाकोटको पैरेबेसीमा निर्माण भएको त्रिशुली थ्री बी हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ स्थित थम्बुचेतमा निर्माण भएको चिलिमे हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशन र २८ किलोमिटर चिलिमे–त्रिशुली २२० केभी प्रसारण लाइनको काम समयमा सम्पन्न नहुँदा उत्पादित विद्युत खेर गइरहेको थियो । 

रसुवा र नुवाकोटका विभिन्न आयोजनाबाट उत्पादित विद्युत त्रिशुली थ्री बी हव २२०-१३२-३३ केभी (३२० एमभीए) क्षमताको सवस्टेशनबाट उक्त जलविद्युत काठमाडौँको मातातीर्थ सवस्टेशनमा पुराइनेछ ।  

चिलिमे हवदेखि त्रिशुली हवसम्मको २८ किलोमिटर लम्बाई भएको प्रसारण लाईनमध्ये २० किलोमिटर लम्बाईको डबल सर्किट लाइन (५१ वटा टावर) र ८ किलोमिटर लम्बाईको चार सर्किट लाईन (२४ वटा टावर) रहेका छन् । चार सर्किट लाईन रहको आठ किलोमिटर टावरमा निर्माणाधीन अपर त्रिशुली एक (२१६ मेगावाट)बाट उत्पादन हुने विद्युतलाई त्रिशुली थ्रि वी हवसम्म जोडि राष्ट्रिय प्रसारण ग्रीडमा विद्युत प्रवाह गरिनेछ । 

प्रसारण लाईनका लागि आवश्यक ७५ वटै टावरको फाउण्डेशन निर्माण भएतापनि हाल त्रिशुली थ्रि वी हवको छेउमा (६०० मीटर लम्बाई),  मैलुङ बेसी (१२३५ मीटर लम्बाई) र हाकु (१४०० मीटर लम्बाई) मा तार तान्ने कार्य भईरहेको छ । 

मन्त्री खड्काले आवश्यक जनशक्ति थप गरेर भए पनि प्रसारण लाईन निर्माणको कामलाई दुई हप्ताभित्र सम्पन्न गरी सम्बन्धित जलविद्युत आयोजनाको टेस्टिङ कमिसनिङ कार्यसमेत सम्पन्न गर्न निर्देशन दिनुभयो । जलविद्युत आयोजना र प्रसारण लाईन निर्माणको तालमेल नमिल्दा दैनिक करोडौँ रुपैँया राज्यले नोक्सानी ब्यहोरी रहेको उहाँको भनाई थियो ।   

निरीक्षणका क्रममा  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सोही क्षेत्रका प्रतिनिधीसभा सदस्य  मोहन आचार्यले रसुवामा निर्माणाधीन जलविद्युत आयोजनालाई समयमा सम्पन्न गरी राष्ट्रिय ग्रीडमा जोड्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । 

निरीक्षणका क्रममा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुरेश आचार्य, मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रबल अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतले रसुवाका विभिन्न जलविद्युत आयोजना, प्रसारण लाईन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्नुभएको थियो ।गोरखापत्रबाट

Continue Reading

Previous: छानविन समितिको प्रतिवेदन र सरकारको निर्णय
Next: असोज१९गतेआन्टरप्रेनर समिटआयोजना हुँदै,

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार