Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

बजार अनुगमनमा सरकारको ध्यान पुगोस् (सम्पादकीय)

नुवाकोट पुकार ९ आश्विन २०८१, बुधबार ०८:४८

नेपालीहरुको महत्वपूर्ण चाडहरु नजिकिएसँगै शहर बजारमा चहल पहल सुरु भएको छ । देश विदेशमा रहेकाहरु पनि दशैंका लागि आफ्नो जन्मथलो जाने तयारीमा रहेका छन् । गाउँघरमा रहेकाहरु पनि दशैंका लागि किनमेलको चटारोमा रहेको देखिन्छ ।

हरेक घर परिवारले दशैंका लागि नयाँ लुगा किन्नेदेखि खशीबोका, अन्य मिठा मिठा परिकारका लागि खाद्यान्य खरिद गर्ने गर्दछ, जसले बजारलाई समेत चलायमान बनाउने गरेको छ । व्यापारीहरु पनि दशैंको आशमा व्यापार गर्ने भनेर कुरेर बसिरहेको अवस्था छ । अधिकांश व्यापारीहरुले दशैंको व्यापारले झण्डै ६ महिना धान्नुपर्ने अवस्था छ ।
विगत पछिल्लो वर्षहरुमा देशको आर्थिक अवस्था कमजोर बनिरहेको छ । व्यापार व्यवसायले भनेजस्तो नाफा कमाउन सकिरहेको छैन । सर्वसाधारणलाई आफ्नो भान्सा चलाउनका लागि खर्च जोहो गर्न नै सकस भैरहेको अवस्था छ । सरकारको खर्च विकासमा भन्दा साधारण खर्चमा नै सिमित हुदै गैरहेको छ । वार्षिक बजेटको झण्डै ८० प्रतिशत त साधारण खर्चमा नै सकिने तथ्याड्.कहहरु सार्वजनिक हुँदै आएका छन् । हामी केवल रेमिट्यान्सको भरमा देशको अर्थतन्त्रलाई अगाडि बढाईरेहा छौं ।


यि तमाम समस्याकाबीच पनि नेपालीहरुले आफ्नो संस्कृति र परम्परालाई भने हाँसी हाँसी स्वागत गर्ने गरेका छन् । वर्षभरिमा केही जोहो गरेर भनेपनि दशैं तिहार,छट जस्ता पर्वहरुलाई शुखी र उमंगको पर्वको रुपमा मनाउने गरेका छन् यसले यस्ता पर्वहरुले एक आपसमा मेलमिलाको भावना समेत कायम गर्दै आएको छ । जसले हाम्रो परम्परालाई थप उज्यालो बनाउँदै आएको छ । यस्ता राष्ट्यि पर्वहरुलाई सहज बनाउने काम सरकारको पनि हो ।

सरकारले त्यति सहजताका लागि शुथप मूल्यका पसल सञ्चालन गरिसकेको छ भने बजार अनुगमन गरेर सर्वसाधारणलाई सहज रुपमा दशैंका लागि किनमेल गर्ने वातावरणको सिर्जना गर्ने जनाएको छ । सरकारले खाद्यवस्तुको गुणस्तरलाई नियमन गर्ने जिम्मेवारीमा भएका विभिन्न निकायहरूले केन्द्रीय अनुगमन समिति बनाएर र बेग्लाबेग्लै अनुगमन गर्ने जनाएको छ ।

मुख्य त चाडबाडमा खानयोग्य वस्तुको जाँच, तौल र मूल्यदेखि लिएर कालोबजारी गर्ने गरी कृत्रिम संकट सिर्जना गर्ने अवस्थाको अनुगमन गर्नुपर्दछ र गरिन्छ पनि । तर यस्ता अनुगमन र तयारी हरेक वर्ष खर्मकाण्डी मात्रै हुने गरेका छन् । बजारमा वर्षभरि नबिकेका म्यान नाघेका खाद्य बस्तु बिक्री गर्ने, सामानको अभाव देखाएर महंगोमा बिक्री गर्ने गरिएका छन् ।

तर अनुगमन नाम मात्रको हुने हुँदा उपभोक्ता ठगिएको गुनासो बारम्बार आउने गरेको छ । यसर्थ यस पटक सरकारको ध्यान छिटो भन्दा छिटो यतातर्फ पनि पुग्नु पर्दछ । हरेक स्थानमा स्थानीय तहसँग समन्वय गरेर बजार अनुगमन तथा सहज आपूर्तिको व्यवस्था गर्नुपर्दछ तब मात्रै सर्वसाधारले राहत महसुस गर्नेछन् । यसतर्फ सिंगो तीनै तहका सरकारको ध्यान पुगोस् ।

Continue Reading

Previous: महासंघ नेतृत्व र निर्वाचनको अनिश्चितता
Next: छानविन समितिको प्रतिवेदन र सरकारको निर्णय

सम्बन्धित समाचार

एसइई पछिको गन्तव्य(सम्पादकीय)

एसइई पछिको गन्तव्य(सम्पादकीय)

१८ असार २०८२, बुधबार ०८:०७
कांग्रेसभित्रको भद्रगोल

कांग्रेसभित्रको भद्रगोल

१८ असार २०८२, बुधबार ०८:००
असार १५ मा देखिएको त्यो जोश

असार १५ मा देखिएको त्यो जोश

१५ असार २०८२, आईतवार २०:२६

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार