Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहिरहेको छ ः चिनियाँ राजदूत सोङ्

नुवाकोट पुकार ११ आश्विन २०८१, शुक्रबार ११:०७

काठमाडौं । जनवादी गणतन्त्र चीनको ७५ औँ वार्षिकोत्सव तथा तेस्रो चाइना नेपाल मिडिया समिट काठमाण्डौंमा सम्पन्न भएको छ। एस् ए टी भी तथा नेपाल चाइना मिडिया फोरमको सह आयोजनामा भएको कार्यक्रममा नेपाल सरकारका सूचना तथा सञ्चार मन्त्री सम्माननीय पृथ्वी सुब्बा गुरुङ, नेपाल स्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ , नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेपाल स्थित चिनियाँ उद्यमी हरुको संस्थाका अध्यक्ष चु चिङ चुन, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा लगायतको उपस्थिति थियो।

कार्यक्रम एस् ए टी भी को स्थापना पछिको कामको बारे विश्लेषण सहितको भिडियो प्रस्तुत गर्दै सुरु भएको थियो। त्यस पश्चात् नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले मन्तव्य प्रस्तुत गर्नु भएको थियो । उहाँले नेपाल र चीनको सम्बन्ध पहिल्यै देखि सुन्दर रहँदै आएको र अब नेपाली तथा चिनियाँ सञ्चारमाध्यमले मिलेर यस किसिमको प्राचीन सम्बन्धलाई अझ प्रगाढ बनाउन पहल गर्नु पर्ने मा जोड दिनुभएको थियो ।

नेपालका लागि महामहिम छन् सोङ्ले सुरुवातमा तेस्रो चाइना मिडिया समिटमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै बधाई ज्ञापन गर्नु भयो। उहाँले अघिल्ला दुई संस्करण आफू सहभागी हुन नपाएको तर यस संस्करणमा सहभागी हुन पाएकोमा धेरै खुसी रहेको बताउनुभयो।
नेपाल र चाइनाको सम्बन्ध सधैँ राम्रो रहेको कुरा गर्दै उहाँले चीनले सधैँ नेपाल र नेपालीको समृद्धि चाहेको बताउनु भयो। आफ्नो देशले ७५औँ स्थापना दिवस मनाइरहँदा धेरै खुट्किलाहरू चढेर आएकाले , गरिब देशको सुचीबाट धनी देशको सुचीमा पुग्दाका सङ्घर्ष र कथाहरूबाट सिकाउन सक्ने बताउनु भयो।

नेपालको अर्थतन्त्रमा सहयोग पुर्‍याउन नेपालबाट उत्पादित वस्तुहरूलाई कर नलाग्ने व्यवस्था गरेको जानकारी गर्नु भयो। उहाँले थुप्रै सामाजिक तथा आर्थिक लगानी गरेको भए पनि त्यसले नेपालमा लगानी नपुगेको बताउँदै त्यसमा अझै मेहनत गर्नु पर्नेमा जोड दिनु भयो। के गरेर नेपाल र चाइनाको बिचमा अझै समन्वय गरेर चाइनाबाट धेरै भन्दा धेरै फाइदा लिन नेपालले सक्नु पर्ने र त्यसका लागि सञ्चारमाध्यमहरूले गर्नु पर्ने पनि उहाँले भन्नु भयो। नेपालले चाइनाबाट धेरै कुरा सिक्न सक्ने र त्यसकालागि बहस हुनुपर्ने र त्यस बहसको सुरुवात आजको कार्यक्रमले दिएको भन्दै उहाँले आयोजकलाई धन्यवाद प्रदान गर्नु भयो।

विभिन्न सांस्कृतिक प्रस्तुतिहरूले रोमाञ्चकता थपेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले उपस्थित भएर प्रमुख आतिथ्य गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो। उहाँले नेपाल र चीन बिचको लामो सुमधुर सम्बन्ध रहँदै आएको सम्झँदै ७५ औँ स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भयो। प्रायः समय पत्रकारिता क्षेत्रको विकास र ती क्षेत्रले देश तथा छिमेकमा ल्याउने सकारात्मक परिवर्तनको व्याख्या गर्नु भयो ।

नेपाललाई चीन सरकारले पूर्वाधार विकासमा पनि महत्त्वपूर्ण सहयोग गर्दै आएको र यस सहयोगमा बढोत्तरीको आशा राखेको उहाँले बताउनु भयो।कार्यक्रममा रिलायन्स स्कुलका छात्रछात्राले आइ लभ यु चाइना बोलको गीत गाउनुका साथै विभिन्न कविहरूले कविता पनि प्रस्तुत गर्नु भएको थियो।

एस् ए टी भी का अध्यक्ष तथा आयोजक हौ सि होङ् ले यस सुमधुर समयमा भएको कार्यक्रममा सहभागी भएर कार्यक्रमको शोभा बढाइदिनु भएकोमा अतिथिहरूलाई धन्यवाद अर्पण गर्दै एस् ए टी भी ले आगामी दिनमा पनि नेपाल र चीन सम्बन्ध सुधार तथा अपनत्व बढाउन यी र यस्ता कार्यक्रमहरू गरिराख्ने जनाउनु भयो।

Continue Reading

Previous: काठमाडौं शिक्षालयले सम्पन्न गर्‍यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम
Next: कांग्रेस नेता स्वर्गीय बहादुर अमात्यको १३ औं दिनमा श्रद्धाञ्जलीसभा सम्पन्न

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार