
ललितपुर । नेपाली कांग्रेस ललितपुरका पुर्व जिल्ला कोषाध्यक्ष,पुर्व महाधिवेशन प्रतिनिधि केदार बहादुर अमात्यको १३ औं दिनको पुन्य तिथिका अवसरमा नेपाली कांग्रेस ललितपुरले एक श्रद्धाञ्जली सभाको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पुर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथिसहित उपस्थित सहभागिहरुले स्व केदार बहादुर अमात्यले नेपाली कांग्रेस प्रति पुर्याउनु भएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रम ललितपुर जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ सभापतित्वमा सम्पन्न भएको थियो ।
श्रद्धाञ्जली सभामा केन्द्रीय सदस्य जितजङ् बस्नेत,केन्द्रीय सदस्य धना खतिवडा ,पुर्व जिल्ला सभापति, नेपाली कांग्रेस बागमति प्रदेशका उपसभापति ,संबिधान सभामा सदस्य माननीय चन्द्र महर्जन ,पुर्ब जिल्ला सभापति सागर शमशेर राणा , रुद्र शर्मा , पुर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामा , जिल्लाका नेता प्रकाशनन्दन जोशी ,नेपाली कांग्रेस बागमती प्रदेशका सह महामन्त्री ऋषिराम घिमिरे, जिल्ला उपसभापति आदरणीय शुदर्शन घिमिरे लगायतका पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन सचिव बशिष्ठ कुमार अधिकारीले गर्नु भएको थियो । सो श्रद्धाञ्जलीसभामा अमात्य परिवारहरुको उपस्थितिमा रहेको थियो ।