Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कुलेखानी भरिन लागेपछि सतर्कता अपनाउन आग्रह

नुवाकोट पुकार ११ आश्विन २०८१, शुक्रबार १८:५८

हेटौँडा, असोज ११ गते । लगातारको बर्षाका कारण कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवर तालको बाँध भरिन लागेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ ।

कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत विचार गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको हो ।

कुलेखानी प्रथम जलविद्युत् केन्द्र, मकवानपुरका प्रमुख तारादत्त भट्टले सूचना जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

बिहीबारदेखि आएको अविरल वर्षाका कारण जलाशय भरिन लागेको केन्द्रले जनाएको छ । कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनाराका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको भट्टले बताउनुभयो ।

कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवम् स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन अनुरोध गरिन्छ सूचनामा भनिएको छ ।

साथै मकवानपुर जिल्ला विपत् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपत् व्यवस्थापन समितिहरूले समेत सोही अनुसार सुरक्षित स्थानको पूर्वतयारी गर्न सूचनामा अनुरोध गरिएको छ ।

Continue Reading

Previous: चाडबाड लक्षित सुरक्षा योजना सार्वजनिक
Next: कांग्रेसको शिक्षा विभागमा सदस्यहरू मनोनयन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार