
हेटौंडा — अविरल वर्षाका कारण कुलेखानी जलाशय भरिएपछि शनिबार बिहान ५=४० बजे ड्यामको ढोका खोलिएको छ ।३१ वर्षपछि जलाशय भरिएर ड्यामको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।
नेपाल विद्युत् प्राधिकरणको व्याकअपको रुपमा रहेको जलाशय शनिबार बिहान भरिएको थियो । जलाशयको भन्डारण गर्ने क्षमता एक हजार ५ सय ३० मिटर रहेको छ । अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो । जलाधार क्षेत्रमा लगातार पानी परिरहेकाले ड्यामको ढोका खोल्नु परेको हो,ु कुलेखानी प्रथमका प्रमुख तारादत्त भट्टले भन्नुभयो,‘ विस्तारै, विस्तारै ड्यामको ढोका खोलेर जलाशयको सतह मिलाउँदै छौं ।’