
अविरल वर्षापछि त्रिशुली नदी र धादिड.को महेश खोलामा देखिएको दृष्य , तस्बिर, शन्दिप घिमिरे
काठमाडौँ — अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशभर ३५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ उपत्यकाबाहिर विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको छ । प्राप्त समाचार अनुसार बाढीपहिरो तथा डुबानमा परी उपत्यकामा २३ जना तथा उपत्यका बाहिर १२ जनाको मृत्यु भएको छ । अन्य ११ जना बेपत्ता रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । एक सय ६२ स्थानमा भौतिक क्षति भएको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा र्याफ्टिङ बोट परिचालन गरेको छ । राजधानीका अधिकांश खोला तथा नदीहरु बस्तीमा पसेका छन् । जसका कारण हजारौं नागरिकको अवस्था दयनीय बनेको छ ।
सशस्त्रको टोलीले सात सय ६० जनाको सकुशल उद्धार गरेको बताइएको छ र काठमाडौँमा ९, ललितपुरमा ९, भक्तपुरमा ५ र काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा एक एक जनाको मृत्यु भएको छ ।
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीस्थित सुष्मा बिपी कोइराला नेत्र प्रतिष्ठानमा पानी जमेपछि उपचारारत १८ जना अपाङ्गता भएका बालबालिकालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।