Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

संस्कृति जोगाउन सांस्कृतिक मञ्चको ठूलो योगदान – मन्त्री पाण्डे

नुवाकोट पुकार १२ आश्विन २०८१, शनिबार १७:३६

काठमाडौँ । संस्कृति, पर्यटन तथा उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल जातजाति, भाषाभाषी र संस्कृतिमा धनी देश भएकोले तिनको संरक्षण र प्रबर्द्धनमा आफूले सक्दो पहल गर्ने  बताएका छन् । विश्व पर्यटन दिवस २०२४ को सन्दर्भमा सांस्कृतिक मञ्च नेपालले शुक्रवार राष्ट्रिय नाचघर जमल काठमाडौँमा आयोजना गरेको बृहत सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपालका सबैजसो क्षेत्रमा हाम्रा मौलिक परम्परा, रहनसहन, भेषभुषामा विविधता रहेको बताउँदै लोपोन्मुख अवस्थामा पुगेका त्यस्ता रैथाने सांस्कृतिक कुराहरूलाई जोगाउन सबैजना लाग्नुपर्ने बताए । त्यस्तै उनले मुकाम मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘मुकाम’ म्यागेजिनको दशौँ अङ्क (आर्थिक–औद्योगिक पर्यटन सर्किट विशेषाङ्क) को विमोचन गर्दै सांस्कृतिक मञ्च नेपालले बृहत सांस्कृतिक महोत्सव आयोजना गरेर र मुकाम म्यागेजिनले विभिन्न ठाउँमा लुकेर रहेका संस्कृतिको प्रकाशन गरेर संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान दिएको बताए । उनले भने, ‘सांस्कृतिक झाँकी र नाच जोगाउन सांस्कृतिक मञ्च नेपालले सातै प्रदेशका प्रतिनिधि नृत्य काठमाडौँसम्म ल्याएर सांस्कृतिक महोत्सव आयोजना गर्नु र मुकामले म्यागेजिनका माध्यमबाट सातै प्रदेशमा लुकेर रहेका सांस्कृतिक र पर्यटकीय गन्तव्यलाई अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गर्नु आफैँमा उदाहरणीय काम हो ।’

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथि तथा बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सबै प्रदेशमा लुकेर रहेका र लोप हुने अवस्थामा पुगेका संस्कृतिको जगेर्ना गर्न सबै प्रदेश सरकारले नीति बनाएर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रममा देशभरका सातै प्रदेशबाट आएका सहभागीहरूले लोपोन्मुख, रैथाने, स्थानीय मौलिक संस्कृतिको प्रदर्शन गरेका थिए । सांस्कृतिक मञ्च नेपालका अध्यक्ष गणेश रिमालले पर्यटन नै देश विकासको आधार बन्न सक्ने कुरालाई जोड्न सकिने आधार भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘संस्कृतिबिना कुनै पनि कुराको विकास सम्भव छैन । यस्ता खाले कार्यक्रमले एकातिर रैथाने कुराको संरक्षण हुन्छ भने अर्कोतिर त्यसलाई जीविकोपार्जनसँग जोडेर पर्यटन विकासलाई अगाडि बढाउन सकिन्छ भन्ने देखाउन यो कार्यक्रम आयोजना गरिएको हो ।’

कार्यक्रममा दार्चुलाको हुड्केउली छलिया नाच, बझाङको भारीखेल, सोलुखुम्बुको तोशी नाच, जाजरकोटको चर्चित खाँडो नाच, जनकपुरमा देखाइने पमरिया र झरीझरी नाच, रूकुम पश्चिमको सिंगारू नाच, म्याग्दीको पुन समुदायमा चर्चित सोरठी नाच, धादिङको म्हेन्दोमाया नाच, रोल्पाको पैंसेरी नाच, मधेस प्रदेशमा प्रचलित होली नाच गरी १० वटा विभिन्न क्षेत्रका संस्कृति झल्किने नाचहरू प्रदर्शनी गरिएको थियो ।

अविरल झरीका बीच दिउँसो ३ बजे सुरु भएको कार्यक्रम राती ९ बजेसम्म लम्बिएको थियो । सांस्कृतिक मञ्च नेपालले आयोजना गरेको उक्त सांस्कृतिक महोत्सवको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौँ महानगरपालिका कृषि विकास बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कलगायत विभिन्न सरकारी तथा निजी सङ्घसंस्थाले गरेका थिए ।

Continue Reading

Previous: पछिल्लो २४ घण्टामा नुवाकोटमा बाढीपहिरोबाट घटे यस्ता घटना
Next: बाढी,पहिरो र डुबानमा परी घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार