
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले नुवाकोट जिल्लामा पछिल्लो २४ घण्टामा घटेका घटनाको विवरण सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेको विवरण यस प्रकार रहेका छन् ।
१ मिति २०८१र०६र१२ गते अन्दाजी ९.०० बजेको समयमा जिल्ला नुवाकोट ककनी गाउँपालिका आठमाइल स्थित पासाङ ल्हामु सडकखण्डमा पहिरो आई बाटो दुबै तर्फि अबरोध भएको ।
२० मिति २०८१र०६र१२ गते बिहान अन्दाजी ९.३० बजेको समयमा जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं. ७ केउरीपानी स्थित भुवनेश्वर खतिवडाको ढुङगा र माटोले बनेको २ तल्ले घर पहिरो पुरी पुर्ण रुपमा क्षति भई ४ वटा बाख्रा र २ वटा गाई मरेको,यस्तै सोही स्थानमा बस्ने बर्ष अन्दाजी ४० वर्षीर्या कि सरस्वती खतिवडाको निधारमा चोट लागेको लागि सामान्य घाईते अवस्थामा उद्दार गरी उपचारको लागि त्रिशुली अस्पताल पठाएको ।
३ मिति २०८१।०६।१२ गते बिहान अन्दाजी ११.०० बजे बजेको समयमा जिल्ला नुवाकोट ककनी गाउँपालिका वडा नं. ४ सिस्नेरी स्थित बस्ने वर्ष अन्दाजी ४० कि सबिना तामाङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको १ तले घर अबिरल वर्षाको कारण पहिरो आई घर पुर्ण रुपमा क्षती भएको, घर भित्र रहेको लत्ता कपडा, अन्नपात तथा भाडाकुडा पुरिएको, मानबिय तथा चौपाया क्षती नभएको ।
४० मिति २०८१।०६।१२ गते अन्दाजी १२ बजेको समयमा जिल्ला नुवाकोट किस्पाङ गाउँपालिका वडा नं.५ पहिरेबेशी स्थितमा ऐ।ऐ।वडा नं। ३ डाँडाथोक बस्ने वर्ष ६० को सुब बहादुर तामाङले संचालन गरेको रिभरसाईड रिसोर्ट एण्ड रेष्टुरेण्ट अविरल बर्षाको कारण त्रिशुली नदिमा आएको बाढीले आधा भवन बगाएर लगेको, मानविय तथा अन्य क्षति नभएको ।
५ मिति २०८१र०६र१२ गते अन्दाजी १२.३० बजेको समयमा जिल्ला नुवाकोट पन्चकन्या गा.पा ५ गिरी टोल स्थित सोही स्थानमा बस्ने बर्ष अन्दाजी ३२ को दिपक गिरीको कुखुराको खोरममा ग्यास सिलिन्डर लिक भई आगोलागि हुँदा उक्त खोरमा रहेको १३५० वटा कुखुराको चल्ला, १० बोरा कुखुराको दाना सरसामान भाडा बर्दन क्षति भएको ।
६ मिति २०८१र०६र१२ गते अन्दाजी १.०० बजेको समयमा जिल्ला नुवाकोट बेलकोटगढी नगरपालिका ९ सिउरेनी स्थित ऐ।ऐ। बस्ने बस्ने बर्ष अन्दाजी ४७ को सन्त बहादुर तामाङको ढुङगा माटो र जस्ताले छाएको एक तले कच्ची घरमा पहिरो झरि क्षति भएको ।उल्लेखित घटनाहरुमा नजिकको प्रहरी इकाईहरुबाट प्रहरी अधिकृत सहितको टोली खटि गई स्थानीय मानिसहरुलाई सचेत तथा उद्दारको कार्य गरि रहेको ।