
काठमाडौं । व्यवस्थापिका संसदको चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । असोज पहिलो साता भएको राष्ट्रिय भेलाले पहिलो राष्ट्रिय महाधिवेशन २०८२ वैशाख २५, २६ र २७ गते गर्ने निर्णय गरिसकेको थियो । आइतबार बसेको रास्वपा केन्दीय समितिको बैठकले महाधिवेशनको स्थान तय गरेको हो । बैठकले पार्टी अध्यक्षप्रति प्रतिशोधको भावनाकासाथ व्यवहार भए पार्टीले प्रतिवाद गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकमा राष्ट्रिय भेलाको समीक्षा समेत भएको छ । भेला सोचे भन्दा व्यवस्थित भएको र सहभागी पनि अपेक्षा गरिए भन्दा धेरै भएको भन्दै यसले सिंगो पार्टीलाई अझ उचाईमा पुर्याउने विश्वास बैठकले व्यक्त गरेको कावा प्रवक्ता मनिश झाले जानकारी दिनुभयो । रास्वपा अध्यक्ष लामिछाने सहकारी काण्डमा मुछिएपछि रास्वपामा हलचल पैदा भएको छ ।
गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ परेसँगै रवि लामिछाने पनि पक्राउ भर्ने आशंकाकाबीच रास्वपाले त्यसको बचाउ समेत गर्दै आएको छ । यद्यपि सरकारले लामिछानेलाई भने पक्राउ गरेको छैन ।