Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नख्खुखोलामा पौडेर दुई जनाको ज्यान बचाउने तामाङलाई यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले नगदसहित गर्यो सम्मान

नुवाकोट पुकार १३ आश्विन २०८१, आईतवार १८:५३

Oplus_131072

काठमाडौं । नख्खुखोलामा पौडेर दुई जनाको ज्यान बचाउने काभ्रे जिल्लाको तिमाल गाउँपालिकाका चनिकलाल तामाङलाई यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्टले सम्मान गरेको छ । ट्रस्टका पदाधिकारी तथा परिवारको तर्फबाट त्यसका संरक्षक अर्जुननरसिंह केसीले नगद २० हजारसहित आज सम्मान गर्नुभएको हो ।

शनिबार काठमाडौंको ललितपुरस्थित नक्खुखोला बाढी आएका बेला टहराको छानोमा उद्धारको लागि प्रतिक्षा गरिरहेका चार जनालाई कसैले उद्धार गर्न नसक्दा खोलाले बगाएको थियो । तर उनीहरुलाई अकस्मात देखेका चनिलाल आफै पौडेर दुई जनाएको ज्यान बचाउन सफल भएका थिए । सरकारले बचाउन सकिएन भनेका व्यक्तिहरुलाई चनिलालले उद्धार गरेका थिए । उनको यो कार्यको सम्पूर्ण रुपमा सम्मान गरिएको थियो ।

सामाजिक सञ्जालबाट उनलाई राष्ट्यि हिरोको उपमाकासाथ सम्मान गरिनु पर्ने धारणा आएको थियो । उनको यो निस्वार्थ र मानवीय भावनाप्रति ट्रस्टले सम्मान गरेको छ ।

ट्रस्टले सम्मानपत्रमा भनेको छ । काभ्रे जिल्ला तिमाल गाउँपालिका वडा न ९ का स्थायी निवासी हर्कमान तामाङ तथा श्रीमती मेन्दु तामाङका छोरा तपाईं चनिकलाल तामाङले मिति २०८१ साल आश्विन १२ गते, ५४ वर्षयताकै सवभन्दा भीषण वर्षाबाट ललितपुर जिल्लास्थित नख्खुखोलामा आएको बाढीमा जुन साहस, आँट, इच्छाशक्ति र जोखिमका साथ आफ्नो ज्यानको बाजी लगाएर उद्धारको अपेक्षा गर्दागर्दै अलपत्र परेका व्यक्तिलाई भेलमा हामफालेर ज्यान बचाउने असाधारण र उदाहरणीय सेवाकार्य सम्पन्न गर्नुभयो, हामी यशोदादेवी भगवान सिंह केसी मेमोरियल ट्रस्ट परिवार तपाईंको साहसिक उद्धारको लागि हार्दिक सह्राहना गर्दछौं । तपाईंले बिनासाधन तथा उद्धार सामग्री, सफलतापूर्वक सम्पन्न गर्नु भएको उक्त सहासिक कार्य मानवताको उच्चतम् उदाहरण हो भन्ने यो ट्रस्टबाट मूल्यांकन गरेका छौं । सेवाभावनाले ओतप्रोत तपाईंका आगामी यस्ता हरेक सत्कर्मका साथ यो ट्रस्ट रहने छ । तपाईंको उज्ज्वल भविष्यको कामना गर्दै यस्तै उदाहरणीय, अनुकरणीय र सहासिक कार्य गर्ने आँट जीवनपर्यन्त रही समाजमा एक उदाहरण बन्नुहोस । यशोदादेवि भगवान सिंह केसी मेमोरियल ट्रष्ट हार्दिक शुभकामना व्यक्त गर्दछ ।

सम्मान कार्यक्रमपछि संरक्षक अर्जुननरसिहं केसीले यति ठुलो मानवीय कार्य अरु केही हुनै नसक्ने भन्दै उहाँप्रति ट्रस्ट नतमस्तक भएको र सम्मान गरिएको बताउनुभयो ।

स्मरणीय छ उक्त ट्रस्ट नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी दाजु भाईले आफ्ना माता पिताको स्मृतिमा विगत १२ वर्षअघि स्थापना गर्नुभएको हो । उक्त ट्रस्टले नुवाकोट जिल्लामा शिक्षा र स्वास्थ्या समाजिक कार्य गर्दै आएको छ ।

Continue Reading

Previous: रास्वपाको पहिलो महाधिवेशन चितवनमा
Next: वर्षाका कारण स्थगित भलिबल आइतबारबाट सुरु, सोमबार सेमिफाइनल हुने

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार