Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेस भातृ संस्थाहरुको महाधिवेशनका लागि निर्देशन समिति गठन,२०८१ चैत्रसम्म महाधिवेशन गराउन निर्देशन

नुवाकोट पुकार १७ आश्विन २०८१, बिहीबार ०९:१६

काठमाडौं । नेपाली कांग्रेसले आगामी २०८१ चैत्र मसान्तसम्म पार्टीका तीन प्रमुख भातृ संस्थाहरुको महाधिवेशन गर्ने तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९०) बमोेजिम भ्रातृ संस्थाहरूको “महाधिवेशन केन्द्रीय निर्देशन समिति” गठन गर्दै यस्तो निर्देशन गर्नुभएको हो ।

सभापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८१ श्रावण २३ को निर्णय बमोजिम नेपाली कांग्रेसको भ्रातृ संस्था— नेपाल महिला संघ, नेपाल तरूण दल र नेपाल विद्यार्थी संघको महाधिवेशन २०८१ चैत्र मसान्सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्न गराउनका लागि विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पु¥याई आवश्यक निर्देशन समेत दिनुभएको छ । सभापति देउवाले नेपाल महिला संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजका सहमहामन्त्री उमाकान्त चौधरी,सदस्यहरुमा केन्द्रीय सदस्य पुष्पा भुसाल र रुक्मिणी कोइराला जिम्मेवारी दिनुभएको छ ।

यस्तै नेपाल तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमासहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र सदस्यहरुमा केन्द्रीय सदस्य सरिता प्रसाई र जीतजंग बस्नेतलाई जिम्मेवारी दिनुभएको छ भने नेपाल विद्यार्थी संघ महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजकमा सहमहामन्त्री किशोर सिंह राठौर सदस्यहरुमा केन्द्रीय सदस्य राजिव ढुंगाना र केन्द्रीय सदस्य प्रतिमा गौतमलाई जिम्मेवारी दिनुभएको कावा मुख्यसचिव डा. प्रदिप पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विगत लामो समयदेखि कांग्रेसले भातृ संस्थाहरुको महाधिवेशन गर्न सकेको छैन । सभापतिले मनोनित गर्नुभएको तदर्श समितिमार्फत भातृ संस्थाहरु सञ्चालन हुँदै आएका छन् । जसका कारण उनीहरुको आफ्नो भूमिका बलियो बनाउन समेत सकेका छैनन् ।

Continue Reading

Previous: नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना
Next: नुवाकोटको सुपथ पसल धादिङमा सञ्चालन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार