Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोटको सुपथ पसल धादिङमा सञ्चालन

नुवाकोट पुकार १७ आश्विन २०८१, बिहीबार १९:००

नुवाकोट पुकार समाचारदाता(धादिङ)
नुवाकोट जिल्लामा आम उपभोक्ताहरुका लागि शुपथ मूल्य पसल सञ्चालन गर्ने भन्दै स्वीकृत लिएर धादिङमा सञ्चालन गरिएको छ । साल्ट ट्रेडिङले नुवाकोटको लागि भनेर पठाएको सुपथ मूल्य पसल धादिङको गल्छी पुगेको पाइएको छ । साल्ट ट्रेडिङबाट नुवाकोटमा संचालन गर्ने भनि डकुमेन्ट बुझाएर सुपथ मूल्य पसल भने धादिङमा पुर्याइएको हो ।

धादिङको गल्छी बजारमा छाडा.देवी इन्टरप्राइजेजले सञ्चालन गरेको सुपथ मुल्य पसललाई नुवाकोटस्थित साल्ट्टेडि.डले अनुमति दिइएको बुझिएको छ । धादिङबाट कुनै अनुमति नलिईकन पसल सञ्चालन गरेपनि गल्छी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष आएर त्यसको शुभाररम्भ गरेका थिए । साल्ट ट्रेडिङका अनुसार सुपथ मूल्य संचालन गर्न संचालक खाद्य संस्थानमा दर्ता भएको हुनुपर्छ र संचालन गर्न जिल्लाको उद्योग वाणिज्य संघ र सम्बन्धित स्थानीय सरकारको सिफारिसका साथमा निवेदन बुझाएपछि मात्र सुपथ मूल्य संचालन गर्न पाईने व्यवस्था छ ।

यस्तै कुन ठाउँमा सञ्चालन गर्ने र त्यसबाट कति उपभोक्त लाभान्वित हुन्छन् भन्ने कुरा पनि स्पष्ट उल्लेख गरिएपछि मात्रै सुपथ मुल्य पसल सञ्चालन गर्ने दिने व्यवस्था छ । तर गल्छीमा सञ्चालन गरिएको सुपथ मूल्य पसलले भने नुवाकोटका लागि स्वीकृत लिएर सञ्चालन गरेको छ । नुवाकोटका केही नाम चलेका व्यावारीहरुले नुवाकोटको बट्टारमा मात्रै राखेर आफ्नो थप व्यापारका लागि नुवाकोट भन्दा धादिङलाई रोजेको देखिन्छ । गल्छीमा सञ्चालन गरिएको पसल खाद्य संस्थानमा दर्ता पाइदैन भने ,धादिङ उद्योग वाणिज्य संघ र गल्छी गाउँपालिकाको पनि सिफारिस लिएको देखिदैन ।

गाउँपालिकाको उद्योग शाखाले गल्छी गाउँपालिकामा सुपथ मुल्य पसल सञ्चालन गर्नका लागि कसैले पनि अनुमति लिन नआएको जनाएको छ । साल्ट ट्रेडिङले पनि धादिङ गल्छीमा कुनै पनि सुपथ मूल्य पसल संचालनको लागि सिफारिस नआएको जनाएको छ । तर शक्तिको आडमा नुवाकोटका नागरिककका लागि भनेर स्वीकृत लिएर धादिङ लैजानु अवैधानिक हुने भन्दै उपभोक्तावादी संस्थाहरुले पनि यसको विरोध गरेका छन् ।

यसबारे नुवाकोट उद्योग वाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र श्रेष्ठले भने यसबारेमा आफूलाई जानकारी नभएको बताउनुभयो, नुवाकोट पुकारसँग उहाँले भन्नुभयो, हो र मलाई त यस विषयमा जानकारी छैन । संघले धादिड.को लागि सिफारिस दिएको छैन । गल्छी गाउँपालिकामा नुवाकोटका उपभोक्ताका लागि पायक पर्ने बजार होइन । नुवाकोटकै अन्य मुख्य स्थानहरुमा राख्नुपर्ने बजार धादिङमा राख्नुको कारण भने बढी व्यवसाय गर्ने रहेको बुझिन्छ ।

Continue Reading

Previous: कांग्रेस भातृ संस्थाहरुको महाधिवेशनका लागि निर्देशन समिति गठन,२०८१ चैत्रसम्म महाधिवेशन गराउन निर्देशन
Next: बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता 

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार