Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पत्रकार महासंघको सदस्यता विवाद टुंगियो, मंसिर२८ गते तीनै तहको निर्वाचन हुने

नुवाकोट पुकार २० आश्विन २०८१, आईतवार ०८:५१

भक्तपुर । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसंघ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो ।

भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासंघका महासचिव रोशन पुरीले जानकारी दिनुभयो ।

भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ ।

नेपाल पत्रकार महासंघको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो ।

कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।

Continue Reading

Previous: बडा दशैंको चौथो दिन ः कुष्माण्डा देवीको पूजाआराधना गरिँदै
Next: शारीरिक तथा मानसिक रूपमा अशक्त १९ वर्षीया युनिशाले घरमा नै पाइन् नागरिकता

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार